कालीकाेट । कालीकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हालसम्मको मतगणनामा महेन्द्रबहादुर शाही अग्रस्थानमा देखिनुभएको छ ।
पलाँता, पचालझरना र नरहरिनाथ गाउँपालिका तथा तिलागुफा नगरपालिका-१ सम्मको मतगणना सम्पन्न हुँदा शाहीले ४,६५६ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई कांग्रेसका हर्षबहादुर बमले ३,४०७ मत सहित पछ्याइरहनुभएको छ । शाही बमभन्दा हाल १,२४९ मतले अगाडि हुनुहुन्छ ।
त्यसैगरी नेकपा एमालेका नगिन्द्र शाहीले ३,१९४ मत प्राप्त गर्नुभएको छ । उहाँ दोस्रो स्थानका बमभन्दा २१३ मतले पछाडि हुनुहुन्छ भने अग्रस्थानका शाहीभन्दा १,४६२ मतले पछि पर्नुभएको छ ।
यस्तै नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले २,२९१ मत ल्याउनुभएको छ । उहाँ तेस्रो स्थानका नगिन्द्र शाहीभन्दा ९०३ मतले पछाडि हुनुहुन्छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपाने ले ६७८ मत प्राप्त गर्नुभएको छ ।
हालसम्मको मतगणनामा तारा चुनाव चिन्हका उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा रहनुभएको छ भने अन्य उम्मेदवारले पछ्याइरहेका छन् । बाँकी क्षेत्रको मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि