काठमाडौं । समाजसेवी इन्दिरा मानन्धरको निधन भएको छ । ईमेज ग्रुप अफ कम्पनिजका संस्थापक अध्यक्ष रामकृष्ण मानन्धरकी धर्मपत्नी तथा सोही समूहकी पूर्वउपाध्यक्ष एवं समाजसेवी इन्दिरा मानन्धरको निधन भएको हो । उहाँको ८३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । उहाँको निधनको खबर सार्वजनिक भएपछि विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन् । समाजसेवा र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी मानन्धरको योगदानलाई स्मरण गर्दै धेरैले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
ईमेज ग्रुप अफ कम्पनीजसँग आबद्ध रहँदै उहाँले संस्थाको विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियो । सामाजिक कार्यमा विशेष रुचि राख्ने उहाँ समाजका विभिन्न सेवा-मुखी गतिविधिहरूमा संलग्न रहँदै आउनुभएको थियो ।
उहाँको निधनप्रति हिमालय टाइम्स परिवार दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । समाजसेवा र संस्थागत योगदानमार्फत उहाँले छाड्नुभएको स्मरणीय कार्यले उहाँको सम्झनालाई दीर्घकालसम्म जीवित राख्नेछ । उहाँका श्रीमान्, एक छोरा र तीन छोरी हुनुहुन्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि