केही समयअघि नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको तथ्यांक अनुसार सन् २०२६ को फेब्रुवरी महिनामा र सन् २०२६ को दोस्रो महिना अर्थात् फेब्रुवरीमा १,०५,४४१ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । यो भनेको गतवर्षको फेब्रुवरी महिनामा भन्दा ८.८ प्रतिशतले बढी संख्यामा विदेशी पर्यटकको नेपाल आगमन भएको हो । सन् २०२५ को फेब्रुवरीमा ९६,८८० जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । साथै कोरोना सुरु हुनअघिको फेब्रुवरी महिना अर्थात् सन् २०१९ फेब्रुवरी महिनासँग तुलना गर्दा २.९ प्रतिशतले बढी संख्या हो । नेपालमा यही रफ्तारमा विदेशी पर्यटक आगमन संख्या बढेमा सजिलैसँग यो वर्ष चाहिँ १२ लाखको संख्या नाघ्ने देखिन्छ ।
सभा-सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी आदि गर्नका लागि अर्को देशका मानिसहरुलाई आफ्नो देशमा आकर्षित गर्नसक्नु, ल्याउन सक्नु र गराउनुलाई नै ‘माइस टुरिजम’ भनिन्छ, भन्ने गरिन्छ । त्यसैले त ‘माइस टुरिजम’लाई पर्यटन क्षेत्रबाट आमदानी हुने प्रमुख पर्यटनका रूपमा पनि लिने गरिन्छ । तर, यसरी अहिलेसम्म नेपालमा सभा-सम्मेलन पर्यटन आयोजना गरिएको छ, छैन ?
हुन पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या एकै वर्षमा १२ लाख पुर्याउने ठूलो सपना विगत १५/१६ वर्षदेखिको हो, नेपाल सरकार र नेपालका पर्यटन व्यसायीहरुको । ‘माइस टुरिजम’ को हो ? सो हामी सबैले समग्र पर्यटनका सम्बन्धमा जानेको हुँदैन । किनभने, हामीमध्ये धेरैले औपचारिक रूपमा पर्यटनका बारेमा पढेका हुँदैननौं । तथापि जसले विषयगत रूपमै समग्र पर्यटनका सम्बन्धमा पढेको छ उसले नजान्ने भन्ने भएन । त्यसैले सर्वसाधारण पाठकका लागि ‘माइस टुरिजम’ भनेको के हो ? भन्ने सम्बन्धमा चर्चा गरौं । हुन त नेपाली भाषामा भन्नु पर्दाखेरि ‘माइस टुरिजम’ भन्नाले ‘सभा-सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी गर्ने आदिलाई बुझिन्छ ।
हो, यस्तो सभा-सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी आदि गर्न अर्को देशका मानिसहरुलाई आफ्नो देशमा आकर्षित गर्न, ल्याउन सक्नु र गराउनुलाई नै ‘माइस टुरिजम’ भनिन्छ, भन्ने गरिन्छ । त्यसैले त ‘माइस टुरिजम’लाई पर्यटन क्षेत्रबाट आमदानी हुने प्रमुख पर्यटनका रूपमा पनि लिने गरिन्छ । यसरी हालसम्म नेपालमा सभा-सम्मेलन पर्यटन आयोजना गरिएको छ, छैन ? यो पंक्तिकारलाई आधिकारिक रूपमा थाहा छैन । निश्चय नै अभियानकै रूपमा नभए तापनि लगभग ७६-७७ वर्षको नेपाली पर्यटन इतिहासमा विगतमा केही न केही पटक अवश्य पनि नेपालमा ‘सभा-सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी’ भए होलान् ।
अनि यस्तो ‘सभा-सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी’ हरु कुन-कुन देशले कति पटक गरे ? भन्ने सम्बन्धमा नेपाल सरकारको सम्बन्धित निकायसँग तथ्य-तथ्यांक अवश्व होला नै । हुन पनि विश्वका जुनसुकै देशमा अन्य पर्यटन क्षेत्र हेरिकन (पर्वतारोहण पछि आय स्रोतको प्रमुख माध्यमका रूपमा) सभा-सम्मलेन, बैठक, प्रोत्साहन, प्रदर्शनी आदिलाई पर्यटन क्षेत्रबाट आमदानी हुने प्रमुख पर्यटनका रूपमा लिने गरिन्छ । अंग्रेजी भाषामा ‘माइस टुरिजम’ भनिने पर्यटनलाई पछिल्लो समयमा विश्वका विभिन्न देशले सक्दो प्राथमिकता दिन थालेका छन् ।
के भन्ने गरिन्छ भने त्यसरी विदेशमा आयोजना हुने ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स एण्ड एक्जिभिसन/माइस टुरिजम’ भाग लिन जाने पर्यटकले अन्य पर्यटक हेरिकन प्रशस्त खर्च गर्नसक्ने क्षमता राखेका हुन्छन् । जे होस्, अंग्रेजी भाषामा पूर्णरूप वा नाम रहेको छ, ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिविसन ।’ यसलाई नेपाली भाषामा चाहिँ ‘सभा, सम्मेलन, बैठक, प्रोत्साहन र प्रदर्शनी’ नाम दिन सकिन्छ । ‘माइस टुरिजम’ भन्नाले पर्यटनसम्बन्धी प्रदर्शनी (व्यापारीहरु एक देशबाट अर्को देशमा माल सामान बेच्न आउने-जाने प्रक्रिया)लाई पनि जोड्न सकिन्छ ।
किनभने, व्यापारीहरुले पनि ‘बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी’मा जाने पर्यटकहरुले जस्तै प्रशस्त खर्च गर्न सक्ने क्षमता राखेका हुन्छन् ।
जे होस्, विश्व पर्यटन जगतमा विदेशी पर्यटकको संख्या साथै हामीले हामीले पर्यटन क्षेत्रमा विविधीकरण ल्याउन पर्वतारोहण एवं सभा, सम्मेलन पर्यटनलाई पनि प्रवर्द्धन गर्नुपर्ने देखिन्छ । पर्वतारोहणका लागि विगत ७२ वर्षदेखि नै विश्वकै सबैभन्दा अग्लो हिमाल (८८४८.८६ मिटर) सगरमाथादेखि लिएर ५५०० मिटरभन्दा माथिका ४७६ वटा हिमाल नेपाल सरकारले पटक–पटक गरेर स्वदेशी तथा विदेशी पर्वतारोहीहरुका लागि आरोहण गर्नलाई खुला गरेको हुनाले प्रचारप्रसार प्रशस्तै भएको छ भन्न सकिन्छ । स्मरणीय छ, पछिल्लो पटक २०८१ सालको पुसमा नेपाल सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।
त्यसपछि अरू पर्यटन क्षेत्र हेरिकन आय स्रोतको प्रमुख माध्यमका रूपममा सभा, सम्मलेन, बैठक, प्रदर्शनी आदिलाई लिने गरिन्छ । जसलाई अंग्रेजीमा संक्षेपीकरण गर्दै दिइने नाम हो ‘माइस टुरिजम’ हो भनेर माथि नै सामान्य जानकारी दिइएको छ । अहिले विश्व पर्यटन क्षेत्रमा सबै खालका विदेशी पर्यटकको संख्या बढाउनुका साथै खर्चिला पर्यटकको संख्यासमेत बढाउन भनेर अनेक खालका नयाँ गतिविधिका साथै विदेशी पर्यटकलाई आफ्नो देशमा आकर्षित गर्ने अनेक खालका प्रोत्साहन योजना ल्याइने गरेको देखिन्छ । त्यसमा अहिले धेरैजसो देशले ‘माइस टुरिजम’का लागि सक्दो पहल र प्रवर्द्धन गरिरहेका छन्, आफ्नो देशमा पनि माइस टुरिजम आयोजना गर्न लालायित रहेको देखिन्छ ।
त्यसका लागि धेरै देशले खास गरिकन आर्थिक रूपमा सम्पन्न भइसकेका देशहरुले समेत आफ्नो देशमा विश्वभरिबाट ‘माइस टुरिजम’ भित्र्याउन वा यसलाई आकर्षित गर्न लागिपरेका छन् । केही देशले त्यस कार्यका लागि लामो समयअघिदेखि प्रचारप्रसारको शृंखलाबद्ध अभियान नै चलाइरहेका छन् । अब हाम्रो देश नेपालले पनि ‘माइस टुरिजम’का लागि ध्यान दिऊँ, पहल गरौं । नेपाल पर्वतारोहण पर्यटनका लागि प्रमुख गन्तव्य हो । साथै नेपालमा पदयात्रा पर्यटनमो अवस्था राम्रै छ, विश्वका प्रमुख गन्तव्यहरु मध्येमै पर्छ । त्यसबाहेक नेपालमा धेरथोर रूपमा विदेशी पर्यटकहरु जलयात्रा, जंगल सफारी, सिकार पर्यटन, माउण्टेन फ्लाइट, प्यारासुट जम्प, बन्जी जम्पिङ, बालुनिङ, कायाकिङ, क्यानोइङ, साइक्लिङ, बाइक टुर, साइट सिन, सिटी टुर, गाउँ पर्यटन, जिप फ्लाइङ, बाइकिङ टुर, कल्चरल टुर, भाषा अध्ययन, स्कि पर्यटन, रक क्लाइम्बिङ, बर्ड वाचिङ टुर, योग-योगा पर्यटन आदिका लागि आउने गरेका छन् ।
हाल विश्वका विभिन्न देशले माइस टुरिजमबाट ठूलो फाइदा लिइरहेका छन् । जस्तै अफ्रिका महादेशको मोरोक्को भन्ने देशलाई एक उदाहरणका रूपमा लिन सकिन्छ । मोरोक्कोले आफ्नो देशको माराकेस र कासाब्लान्का सहरलाई मुख्य गन्तव्यका रूपमा लिएको छ भने अफ्रिका महादेशकै दक्षिण अफ्रिका देशको डरबान शहरमा पनि माइस टुरिजम आयोजकहरुको राम्रो उपस्थिति रहने गरेको छ ।
खास गरी विश्वभरिका ठूल-ठूला कम्पनी, कर्पोरेट हाउसहरु, पर्यटनसम्बन्धी ट्राभल तथा ट्रेकिङ एजेन्सी (कम्पनी)हरु, उद्योग एवम् कलकारखानाका मालिक तथा मजदुरहरु, सूचना प्रविधिसम्बन्धी कम्पनीका सञ्चालकहरु, संयुक्त राष्ट्र संघ मातहत रहेका निकायहरु, दातृ निकायका साथै अन्य सबै खाले संघसंस्थाका साथै विभिन्न निकायलाई ‘तपाईंहरुको वार्षिक साधारणसभा, सम्मेलन, कार्यकारी समितिको बैठक, प्रदर्शनी, इन्सेन्टिभ दिने घोषणा आदि अर्थात् ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, डिस्कोर्स र एक्जिविसन’’ हिमालय र बुद्ध जन्मेको देश नेपालमा गर्नुहोस्, नयाँ अनुभव र अनुभूति लिनुहोस् भन्ने नयाँ नाराका साथ माइस आफ्नो सभा, सम्मेलन, प्रोत्साहन कार्यक्रम, प्रदर्शनीदेखि लिएर अन्य कार्यक्रमहरु गर्नुहोस् भनेर किन आग्रह नगर्ने ? उनीहरुलाई किन प्रोत्साहन नगर्ने ?
हाल विश्वका विभिन्न देशले माइस टुरिजमबाट ठूलो फाइदा लिइरहेका छन् । जस्तै अफ्रिका महादेशको मोरोक्को भन्ने देशलाई एक उदाहरणका रूपमा लिन सकिन्छ । मोरोक्कोले आफ्नो देशको माराकेस र कासाब्लान्का शहरलाई मुख्य गन्तव्यका रूपमा लिएको छ भने अफ्रिका महादेशकै दक्षिण अफ्रिका देशको डरबान शहरमा पनि माइस टुरिजम आयोजकहरुको राम्रो उपस्थिति रहने गरेको छ । त्यस्तै अफ्रिका महदेशकै इजिप्ट देशको राजधानीसमेत रहेको कायरो शहरमा पनि माइस टुरिजमले राम्रोसँग फष्टाउने मौका पाइरहेको देखिन्छ । एसिया तथा प्रशान्त क्षेत्रमा पर्ने सिंगापुर नामक धेरै सानो देशले धेरै राम्रोसँग माइस टुरिजमबाट फाइदा लिइरहेको छ भने एसिया महादेशकै थाइल्याण्डले माइस टुरिजमलाई राम्रैसँग आकर्षित गरिहेको छ ।
नेपालले पनि विस्तारै भौतिक पूर्वाधार र यातायातको राम्रो सेवासुविधा उपलब्ध गराउन सकेमा ‘माइस टुरिजम’ले छिट्टै फष्टाउने मौका पाउने थियो कि ? किनभने, हामीसँग प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरु प्र्रशस्तै छन् । जस्तै नेपालमा ‘माइस टुरिज्म’का लागि नगरकोट, चन्द्रागिरि, दामन, पोखरा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको ल्होमन्थाङ, डोल्पा जिल्लाको फोकसुण्डो ताल, सगरमाथा हिमालको बेस क्याम्प, कालापत्थर, एभरेष्ट भ्यु होटेल, गोक्यो, गोरक्सेप एवं प्रकारले कञ्चनजंघा हिमालको उत्तरी बेस क्याप र दक्षिणी बेस क्याम्प, घुन्सा अनि मुगु जिल्लाको रारा ताल क्षेत्रका साथै जुम्ला जिल्लाको सिंजा उपत्यका आदि आकर्षक र भर्जिन गन्तव्य हुनसक्ने देखिन्छ ।






भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई