काठमाडाैं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउने प्रयास गरिरहेको बताउनु भयो ।
उहाँले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पार्नुभयो । न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘न्यायको खोजी गर्न आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरौ । न्यायको खोजी गर्न आउनेहरुको जुत्तामा आफ्नो खुट्टा राखेर अन्यायको अनुभुति गरौँ । र त्यसपछि न्यायको मर्मलाई बुझेर न्याय सम्पादन गरौं । कानून जवसम्म मानिसको जीवनसँग जोडिँदैन, त्यो केबल कागजको खोष्टनै हुन्छ । आज न्यायाधीशहरु केवल कुर्सीमा बसेर फैसला सुनाउने मात्रै होइन, उनीहरु त नेतृत्वको मसाल बोकेर सुधारको बाटोमा पनि हिँडिराखेका छन । यो पनि हामी सन्देश दिन चाहन्छौँ । नयाँ पुस्ताका कानून व्यवसायीका लागि पनि कतिपय न्यायाधीशहरु प्रेरणा बनेका होलान । पीडितको आवाजको न्यायको मूलधारमा ल्याएर न्यायिक नेतृत्वले अहिलेको नेतृत्वले पनि हाम्रो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउन खोज्नु भएको छ । अव हामी माथि दायित्व आएको छ कि–न्यायको ज्योतिलाई हरेक घरको दैलोसम्म पु¥याउने जिम्मेवारी हामीसँग आएको छ । यही बीचमा धेरै परिवर्तन भईराखेका छन । हामी परिवर्तनको संघारमा छौ । यो संघारमा अहिले नयाँ जोश के छ भन्दाखेरी सुशासनको खोजी । समावेशिताका सुनिश्चितता आजको आवाज । यस शिलशिलामा म के भन्न चाहन्छु भने–कुनै पनि डर, कुनै पनि धम्कीबाट न्याय सम्पादन हुन सक्दैन । न्याय सम्पादन कसैले डराएर, कसैले धम्क्याएर, कसैले थर्काएर हुन सक्दैन । हामीले हामीलाई विश्वास गरौ । सुशासन हाम्रो आत्मा हो । कुनै पनि भिडबाट, कुनै पनि धम्कीबाट हामी डराएर न्याय दिन सक्दैनौ । देशमा सुशासन स्थापना गर्न निष्पक्ष, स्वच्छ, र निडर भएर सँगसँगै अगाडि बढौँ । अनि मात्रै लोकतन्त्रको स्थापना हुन्छ। सुशासनको सुनिश्चितता हुन्छ ।’
न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाईं सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि