काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन भएको छ । उहाँको काठमाडौंको भोटबहालस्थित आफ्नै निवासमा सोमबार राति ९३ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल नौलखाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । स्वर्गीय इन्दुदेवीका श्रीमान् भीमराज नौलखा जननायक बीपी कोइरालाका अनन्य सहयात्री हुनुहुन्थ्यो । विसं २००७ सालको क्रान्तिका क्रममा श्रीमान् भीमराज प्रजातन्त्र स्थापनाको आन्दोलनमा होमिएका बेला इन्दुदेवीले नेपाली कांग्रेसलाई एक सय तोला सुन दान गरेर क्रान्तिमा ठूलो आर्थिक सहयोग पुर्याउनु भएको थियो ।
मारवाडी समुदायका भीमराज र इन्दुदेवीले कठिन समयमा पुर्याएको सोही योगदानका कारण यो परिवार सधैं कोइराला परिवारसँग निकट रहेको बताइन्छ । उहाँले लामो समयसम्म प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका श्रीमान् भीमराजको यसअघि नै निधन भइसकेको छ । स्वर्गीय नौलखाको इच्छा अनुसार उहाँको मरणोपरान्त नेत्रदान गरिएको छ । स्वर्गीय इन्दुदेवीको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि