भोजपुर । प्रत्येक बर्ष एक एक जना श्रष्टालाई प्रदान गरिदै आएको भोजपुर प्रतिभा पुरस्कार यस पटक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’ लाई प्रदान गरिने भएको छ ।
२०५१ सालमा स्थापित जिल्लाकै अग्रणी साहित्यिक संस्था त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले स्थापना गरेको भोजपुर प्रतिभा पुरस्कार २०८२ भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्वर ११, झ्याउँपोखरी घर भई हाल प्रतिष्ठानको कुलपति रहनु भएका हार्तम्छालीलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष सुवास विभास श्रेष्ठले जानकारी दिनुभयो ।
वि.सं २०३५ सालदेखि अनवरतरुपमा साहित्य, कला र संगीत कार्यमा क्रियाशील व्यक्तित्व, कवि, नाटककार, चित्रकार, मूर्तिकार, गायक, सङ्गीतकार, अभिनेता र लोकसंस्कृतिका अनुसन्धाता हार्तम्छालीलाई उहाँले भुमिकाको कदर गर्दे सम्मान तथा पुरस्कृत गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पुरस्कारको राशी २२ हजार दुई सय २२ रुपैया हुने छ । प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार २०८१, टक्सार निवासी संस्कृति बिद तथा बाद्यबाद्यक प्रेम कुमार शाक्य, २०८० बाट इन्द्रसुर बेल्टारे र २०७९ बाट शेरबहादुर मोक्तान (मोक्तान भाई) लाई प्रदान गरि सकेको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले बताउनुभयो ।
पुरस्कारका लागि छनोट हुनु भएको हार्तम्छालीका कविता र गीतिसङ्ग्रह ’वैशाखे चिउला’ (२०५३), ’कलाङ’ (२०५८) र ’साम्बुङ’ (२०७३) शीर्षकमा प्रकाशित छन् भने नाट्यकृति ’ज्याला’ (सहलेखन, २०४३ तिर मञ्चित) र ’सिर्जनाको सानो संसार यो नाटक होइन’ (२०५७) शीर्षकमा रहेका छन् । उहाँको सम्पादनमा ’भोजपुरे कोथाहरू’ (२०५८), ’पाइला’ (२०५८) र ’सङ्गम’ (२०६९) पत्रिका प्रकाशित छन् र नाटकका साथै नेपाली चलचित्र ’बलिदान’ मा चरित्र अभिनय समेत उहाँको रहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि