नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले बुधबार इच्छामृत्युसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ । अदालतले १३ वर्षदेखि कोमामा रहेका ३१ वर्षीय युवक हरिश राणालाई इच्छामृत्युको अनुमति दिएको हो । भारतको उत्तर प्रदेश राज्यको गाजियाबादका बासिन्दा हरिश हाल ‘लाइफ सपोर्ट सिस्टम’मा हुनुहुन्छ ।
भारतमा यस प्रकारको मुद्दा पहिलो भएको बताइएको छ । न्यायाधीश जेबी पारदीवाला र न्यायाधीश केभी विश्वनाथनको इजलासले एम्स अस्पताललाई हरिशको लाइफ सपोर्ट सिस्टम चरणबद्ध रूपमा हटाउन निर्देशन दिएको छ । यो प्रक्रिया बिरामीको मर्यादा कायम रहने गरी गरिनुपर्ने अदालतले जनाएको छ ।
गम्भीर रूपमा बिरामी परेका व्यक्तिलाई जीवित राख्न दिइने बाह्य लाइफ सपोर्ट हटाउँदा बिरामीको प्राकृतिक रूपमा मृत्यु हुन्छ । सर्वोच्च अदालतले यो फैसला हरिशकी आमा निर्मला राणा र बुवा अशोक राणाको इच्छामृत्युको अपिलमा सुनाएको हो ।
‘हामी यसका लागि लामो समयदेखि लडिरहेका थियौं । कुन आमाबुबाले आफ्नो छोराका लागि यस्तो चाहलान् र ? पछिल्लो तीन वर्षदेखि हामी यो मुद्दा लडिरहेका थियौं । अब उनलाई एम्स अस्पताल लगिनेछ’, फैसलापछि हरिशका बुबा अशोकले भन्नुभयो । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि