काठमाडौं । कलाकार जोडी प्रियंका कार्की र आयुष्मान जोशीले स्थापना गरेको आयांका फिल्मस् ब्यानरबाट निर्माण गरिएको लघु चलचित्र ‘टाख’ सार्वजनिक गरिएको छ । १४ मिनेट ४४ सेकेण्डको यस लघु चलचित्रलाई प्रियंका कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस चलचित्रमा शीर्ष भूमिकामा प्रियंका कार्की नै देखिनुभएको छ । ग्रामीण परिवेशमा आधारित कथाले विकट गाउँमा नदी पार गर्न प्रयोग हुने जोखिमपूर्ण ‘तुइन’ को यथार्थ प्रस्तुत गरेको छ । कथा एक युवती आमाको जीवनमा आएको पीडादायी घटनामा केन्द्रित छ, जहाँ बाढीले उर्लिएको नदीमा उनको सात वर्षीय छोरा बगेर हराएपछि उनी पीडा र आशाबीच संघर्ष गरिरहेकी हुन्छिन् ।
साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रको कथा पनि उहाँले नै लेख्नुभएको हो भने छायांकन आयुष्मान जोशीले गर्नुभएको छ । चलचित्रमा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी र रेणुनाथ योगीको अभिनय छ । नेपालका दुर्गम क्षेत्रमा पुल अभावका कारण अझै तुइनमार्फत नदी पार गर्दा हुने जोखिम र त्यसले निम्त्याउने दुर्घटनालाई यस चलचित्रले उजागर गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि