काठमाडौं । चलचित्र ‘कमला मिस’को ‘इण्डक्ल्याप’ गरिएको छ । वरिष्ठ कलाकार नीर शाहको निर्देशन रहेको चलचित्र ‘कमला मिस’ को छायांकन सकिएको हो । गत फागुन एक गतेदेखि सुरु भएको छायांकन मंगलबार सकिएको हो । चलचित्रको छायांकन निर्धारित समयमा पूरा भएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको निर्माणपक्षको भनाइ छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’मा निर्देशक नीर शाहसहित रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायतका कलाकारको अभिनय छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुनुहुन्छ । लाइन प्रोड्युसरमा पुष्कर लामा (प्रेम भोम्जन)हुनुहुन्छ । चलचित्रमा कथा विजय मल्लको हो भने पटकथामा संवाद निर्देशक शाह, प्रजल दुलाल र सुगम दुलालको छ । प्राविधिक पक्षमा छायांकन शिवराम श्रेष्ठ, संगीत युग भुसाल र नृत्य निर्देशन रामजी लामिछानेको छ । निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुवेदीले सम्हाल्नु भएको थियो ।
दशकपछि शाह निर्देशनमा फर्किनुभएको हो । यसअघि उहाँले ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्रको निर्देशन गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि