काठमाडौं । भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको निधन भएको छ । ५९ वर्षीय उहाँको मंगलबार साँझ निधन भएको हो । मानन्धरलाई अकस्मात हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो । अस्पताल पुर्याएको केही समयपछि नै चिकित्सकहरूले उनलाई मृत घोषित परिवारका सदस्यले जानकारी दिए ।
‘इनाप’ साप्ताहिकबाट पत्रकारितामा आउनुभएका उहाँले ‘विश्वभूमि’ दैनिक प्रकाशनबाट पूर्णकालीन पत्रकारका रूपमा काम गर्नुभएको थियो । सन्ध्या टाइम्स दैनिक र त्यसपछि नेपाल भाषा टाइम्स दैनिकमा सम्पादक उहाँले काम गर्नुभएको थियो । ‘अप्सरा’ फिल्मम्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’लगायत पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी उहाँले काम गर्नुभयो ।
विसं २०४६ मा जनआन्दोलनको समयमा प्रहरीको कडा घेराभित्र वीर अस्पतालमा भर्ना हुनुभएका जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसँग साथी सुजीव बज्राचार्यसँगै डाक्टरको भेषमा गई मानन्धरले अन्तर्वार्ता लिनुभएको थियो । जुन धेरै चर्चित भएको थियो ।
स्व.मानन्धरको ‘नेपालभाषा आन्दोलन’, ‘नेपाल संवत् आन्दोलन’, नेवाः संस्कृतिका साथसाथै विविध विषयमा नेपालभाषा र नेपालीमा लेख रचना प्रकाशित छन् ।
स्व.मानन्धरको ‘थौं घण्टाघरं जिके ई न्यनाच्वन’ (आधुनिक कविता संग्र्रह), ‘पद्मरत्न तुलाधर’ (नेपाल भाषाका अग्रजका साथसाथै मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित भएको छ । उहाँको सोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ समेत प्रकाशित छ । उहाँले डा.अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर ‘इन्द्रजात्रा’/‘येँयाः’ पुस्तकसमेत लेख्नुभएको छ । स्व मानन्धरको बुधबार बिहान काठमाडौं इन्द्रयणी घाटमा अत्यष्टि गरिएको छ । विसं २०२३ कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई छोरा हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि