काठमाडौं । महालक्ष्मी विकास बैंकले सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले फागुन २४ र २५ गते बैंकको वार्षिक कार्यक्रमअन्तर्गत दुर्ईदिने कार्यशाला आयोजना गरी वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवर्द्धनप्रति प्रतिबद्धता जाहेर गर्दै पदयात्रा कार्यक्रम गरेको हो ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरूको उत्साहजनक सहभागितासाथ सम्पन्न कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचनपछिको सकारात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने आर्थिक चुनौतीसमेतको विश्लेषण गरेको बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश आमजनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण रहेको फेवाताल किनारमा सामूहिक रूपमा पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय र करिब आठ लाख ५० हजारभन्दा बढी ग्राहकहरू रहेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि