निर्वाचन परिणामले नेपाली कांग्रेसलाई दोस्रो दल बनाए पनि सांसद् संख्याका हिसाबले सानोमा परिणत हुँदा यसका सभापति गगन थापाले नैतिकताका आधारमा राजीनामा दिने उद्घोष गरिसकेका छन् । कांग्रेसभन्दा पनि निकै सानो हुँदासमेत नेकपा एमालेका अध्यक्ष र त्यसभन्दा पनि सानो हुँदा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई पदत्याग गर्ने चाहना त परै जाओस्, देखाउनकै लागि भए पनि राजीनामा दिने कुरा गरेका छैनन् तर गगनले घोषणा गरेर नेतृत्वको जिम्मेवारीको आभाष दिलाएका छन् । गगनको राजीनामाले उनलाई नैतिक बनाउँछ कि राजीनामा नदिँदा भन्ने तल चर्चा गरिने छ तर हाललाई नेतृत्वका हैसियतले हारको सम्पूर्ण जिम्मा आफ्नो काँधमा लिन तयार भएका छन् । यही नै हो असल नेतृत्वको चरित्र ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पनि असल उपसभापतिको झल्को दिएका छन् । गगनले राजीनामा दिँदा कार्यबाहक सभापति भएर पार्टी हाँक्ने अवसर उनैलाई प्राप्त हुने हो र पनि गगनलाई राजीनामा नदिन दबाब दिइरहेका छन् । हाललाई केही सानो भए पनि भोलिका दिनमा मुलुकको सबैभन्दा ठूलो पार्टी हुने पूर्ण सम्भावना बोकेको नेपाली कांग्रेसको नेतृत्व लिने मौकालाई सहजै छाड्न तयार शर्मा पनि जिम्मेवार नै देखिन्छन् । अबको कांग्रेस दुई युवा मिलेर नेतृत्व गर्दै कांग्रेसलाई सर्वाधिक लोकप्रिय दल बनाउने अभियानका साथ विशेष महाधिवेशन सम्पन्न गराएकाहरूले नै भोलिका दिनका चुनौती ब्यहोर्नुपर्ने सन्देश शर्माले दिएका छन् ।
नेपाली कांग्रेसका साठी प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विश्वास गरेर पार्टी हाँक्ने जिम्मेवारी गगनलाई दिएका हुन् । उनका कारण निर्वाचन हारिएको हो कि अन्य कारणले भन्ने मूल्यांकन समग्र कांग्रेसले गर्ने हो । यस्तो अवस्थामा गगन सभापतिमा रहनु हुन्छ कि हुँदैन भन्ने तय गगन एक्लैले गर्ने विषय निश्चय नै होइन ।
नेपाली कांग्रेसका साठी प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विश्वास गरेर पार्टी हाँक्ने जिम्मेवारी गगनलाई दिएका हुन् । उनका कारण निर्वाचन हारिएको हो कि अन्य कारणले भन्ने मूल्यांकन समग्र कांग्रेसले गर्ने हो । यस्तो अवस्थामा गगन सभापतिमा रहनु हुन्छ कि हुँदैन भन्ने तय गगन एक्लैले गर्ने विषय निश्चय नै होइन । त्यसैले राजीनामा दिने घोषणा त उनले गर्न सक्लान् तर जिम्मेवारी छाडेर मौन बस्ने उनको निजी अधिकार हुन्छ जस्तो लाग्दैन । उनको कमजोरी देखिए नेपाली कांग्रेसको केन्द्रीय समितिले राजीनामा माग्न सक्छ तर गगनले राजीनामा दिएँ भन्न मिल्दैन ।
विगतको नेतृत्वबाट आजित भएर पूर्णभरोसाका साथ विद्रोह जस्तै गरी आम लोकतन्त्रवादीको नेतृत्व गर्न कांग्रेसीहरूले अराएका हुन् । त्यसैले नैतिकताका नाममा विश्वास गरेका ती सदस्यहरूलाई बीच बाटोमा आइपुग्दा नपुग्दै गगनले छाड्न मिल्छ कि मिल्दैन भन्ने पनि सोच्नुपर्दछ । उनलाई समर्थन गरेकाहरू माथि यस कदमले घात हुन्छ कि हुन्न भन्ने पनि गगनले ध्यान दिनुपर्दछ । पराजयको पीडा भोगिरहेका राजनीतिक दलहरूमा आरोप–प्रत्यारोपका शृंखला देखा पर्नु स्वाभाविक हो तर विशेषगरी मुलुकमा प्रायशः ठूलो दल रहँदै आएको नेपाली कांग्रेसमा यो प्रकरण बढी देखिएको छ । एमालेका नेताहरूले मनमनै अध्यक्ष केपी ओलीका काँधमा सबै भारी बोकाए पनि नेपाली कांग्रेसमा भने सतहमै उत्रेर यो वा त्यो कारणले पछाडि परेको चर्चा चलाउन थालिएको छ ।
जित्नेका कुरा बेग्लै छन् । रास्वपाका नेताहरूले जितको श्रेय तेरो र मेरो भनेर हानथाप गरेको सुनिँदैन । अधिकांशको भनाइ बालेन साहको प्रवेशले रास्वपाले मुलुकभरि नै सफलता हात पार्न सफल भएको हो भन्दछन् भने पार्टी स्थापना गरेर चर्चामा पुर्याउन सफल रवि लामिछानेलाई पनि उत्तिकै जस दिएको देखिन्छ । न बालेनले मेरा कारणले यत्ति धेरै सिट जितियो भनेको सुनिन्छ न रविले नै आफ्ना कारणले पार्टीले सफलताको चुचुरो चुमेको दावी गरेका छन् । उनीहरूका मनले के भनेको छ भन्ने त उनीहरूलाई नै थाहा छ तर आमसमुदायका लागि भने दुबै नेताहरूले परिपक्वता देखाइरहेका छन् । प्रायशः जितको अवस्थामा हुने यस्तै नै हो तर पराजय व्यहोरेका दलहरूमा भने दोषको भारी अर्कालाई भिराउने क्रम सुरु भएको देखिन्छ ।
नेकपा एमालेमा केपी ओलीको एकल बर्चस्व र प्रभुत्व रहेका कारण त्यस दलमा कसको जिम्मेवारी भन्ने चर्चा चलाउनु पनि अपराधसरह हुने जस्तै देखिन्छ । निर्वाचनअघिका समयमा त सही भए पनि या गलत भए पनि ओलीले जे गरे त्यही नै सर्वसम्मत मान्ने प्रचलन थियो अब पछिल्ला दिनमा के हुन्छ, त्यो हेर्न बाँकी नै छ । नेपाली कांग्रेसमा भने नेतृत्वको गल्तीलाई वडा तहको सामान्य कार्यकर्ताले समेत इंगित गर्न पाउने परम्परा रहेकाले भर्खरै सम्पन्न निर्वाचनका परिणामलाई लिएर टीकाटिप्पणीको बहस सुरु भएको छ । विशेष महाधिवेशनबाट चुनिएको वर्तमान केन्द्रीय समितिले ढिलो नगरी यसलाई टुंगोमा पुर्याउनुपर्ने दायित्व बढेको छ ।
नेपाली राजनीतिमा नेतृत्वलाई देवत्वकरण गर्ने लहर चलिरहेकै छ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला जहिल्यै असल मानिस बन्ने प्रयत्नमा रहे तर कतिपयले उनलाई देवताकै कोटिमा राखिरहे । कांग्रेसका अन्य कसैलाई पनि त्यसरी मानिसभन्दा उपल्लो दर्जा दिने गरिएको देखिँदैन । वामपन्थी दलहरूमा भने मदन भण्डारीदेखि केपी ओलीसम्मलाई देवत्वकरण गर्दै आइएको खुला किताब सरह नै छ । नेपाली कम्युनिष्ट पार्टीका प्रचण्ड त चाहे माओवादीमा रहँदा होस् या जुनसुकै नामको दलको नेतृत्वमा रहँदा होस्, देवताभन्दा तल झरेको देखिएको छैन । पछिल्लो समयमा भने रास्वपाका बालेन साहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले देवता मान्छन् कि मान्दैनन् थाहा छैन तर आमसमुदायका धेरैले देवत्वकरण गर्न थालेको देखिन्छ ।
यसैले पनि होला नेपाली कांग्रेसभन्दा पनि सानो भएर खुम्चिँदासमेत नेकपा एमालेमा नैतिकताका प्रश्नहरू उठेको सुनिएको छैन । एमालेका अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट बिदा लिएर आराम गर्नुपर्दछ भन्ने धारणाहरू उक्त दलका नेता तथा कार्यकर्ताहरूबाट ओकलिएको छैन । मुलुकभर नै नेपाली कम्युनिष्ट पार्टीको एकछत्र राज हुने घोषणा गर्दै जनार्दन शर्माहरूलाई बाहिर पठाएर अध्यक्ष बनेका प्रचण्डका बारेमा त कुरा चल्ने सम्भावना नै देखिँदैन । कांग्रेसमा कसैका विपक्षमा तर्क गर्नु महापाप नहुने भएकाले नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने भन्ने चर्चा चल्दा पक्ष र विपक्षमा बहस हुनुलाई सामान्य मानिन्छ ।
राजनीतिक घटनाक्रमका अघिल्ला र पछिल्ला अवस्थाहरूको विश्लेषण नगर्ने र विगतका समयमा नेपाली कांग्रेस उर्ध्वगामी थियो कि पश्चगामी हुँदै गइरहेको थियो भन्ने मूल्यांकन नगरी अहिलेको निर्वाचन परिणामलाई मात्रै ध्यान दिने हो भने कुनै तर्कवितर्क नगरी नै गगन थापाले राजनीमा दिनुपर्दछ भन्न हिच्किचाउनु पर्दैन । गगनले पार्टीको नेतृत्व कति समय गरे र ८९ सिटको नेपाली कांग्रेस ३८ सिटमा झर्यो भन्ने नहेर्ने हो भने गगनले राजीनामा दिनैपर्दछ भन्नेमा कुनै विवाद गर्न पर्दैन । नेपाली कांग्रेसलाई यस स्थितिमा पुर्याउन विगतमा क-कसले कस्ता-कस्ता योगदान गरे र यो चुनावमा क-कसले कस्तो-कस्तो भूमिका खेले भन्ने नकेलाई सरसर्ती हेर्ने हो भने गगन एक मिनेट पनि सभापतिको कुर्सीमा बस्न मिल्दैन ।
पार्टी सभापति भएदेखि निर्वाचन भएका दिनसम्म गगनले नेतृत्व गरेको जम्मा पचास दिन हो । यही पचास दिन पनि गगन सभापति नभएको भए नेपाली कांग्रेसको अवस्था कस्तो हुन्थ्यो ? विशेष महाधिवेशनमार्फत कांग्रेसी कार्यकर्ताहरूमा ऊर्जा भर्न र यसका समर्थकहरूमा भरोसा दिलाउन नसकेको भए नेपाली कांग्रेस हर्क साम्पाङको दलभन्दा माथि हुन्थ्यो कि तल ?
पार्टी सभापति भएदेखि निर्वाचन भएका दिनसम्म गगनले नेतृत्व गरेको जम्मा पचास दिन हो । यही पचास दिन पनि गगन सभापति नभएको भए नेपाली कांग्रेसको अवस्था कस्तो हुन्थ्यो ? विशेष महाधिवेशनमार्फत कांग्रेसी कार्यकर्ताहरूमा ऊर्जा भर्न र यसका समर्थकहरूमा भरोसा दिलाउन नसकेको भए नेपाली कांग्रेस हर्क साम्पाङको दलभन्दा माथि हुन्थ्यो कि तल ? विगतका नेतृत्व र उनका कोटरीका नेताहरूले टिकट वितरण गरी देशव्यापी दौडाहा गर्दा नेपाली कांग्रेसले कति सिटमा विजय हासिल गर्थ्यो होला ? शेरबहादुर देउवाका कारण मात्र राजनीतिमा टिकेका र नेता बन्न पुगेकाहरूले त अवश्यै यसभन्दा गतिलो अवस्था हुने थियो भन्छन् होला तर आममानिसले भने नेपाली कांग्रेसलाई जेनतेन बचाएर यत्तिको अवस्थामा राख्नुको श्रेय गगन–विश्वलाई दिएका छन् भन्ने पनि राजीनामा दिँदै गर्दा भुल्नु हुँदैन ।
नेपाली कांग्रेसका तर्फबाट मन्त्री, सांसद् भएकाहरूले समेत आफ्ना विश्वासपात्रहरूलाई घण्टीमा भोट हाल्न उर्दी जारी गरे भन्ने चर्चा पनि चल्ने गरेकै छ । कांग्रेसको जुलुसमा हिँड्ने, यो पटक त घण्टीले लाने भयो भन्दै ऊर्जा घटाउने र भोट हाल्ने दिन सुटुक्क घण्टीमा भोट हाल्नेहरूको पहिचान भएको पनि कतिपयले बताउने गर्दछन् । यस्तै क्रियाकलाप गरेर गगनको क्रेज घटाउन जति सक्रिय थिए तिनीहरू नै आज गगनको राजीनामा माग्दैछन् भन्नेहरू पनि भेटिएका छन् । यस्ता वस्तुस्थितिहरूको विश्लेषण नगरी हचुवाका भरमा राजीनामाको कुरा गर्नु सान्दर्भिक हो जस्तो लाग्दैन ।
यति विषम परिस्थितिमा पनि नेपाली कांग्रेसका पक्षमा करिब करिब बीस लाख मत आएको छ । बरू गगन र विश्वले उद्घोष गर्ने हो भने अबको पाँच वर्षमा यो मतलाई पचास लाख पुर्याउने र सो हुन नसकेमा राजनीतिबाट सन्यास लिने घोषणा गर्नुपर्दछ । अस्ति भएको विशेष महाधिवेशनमात्रै हो, आगामी मंसिर महिनाभित्रमा नियमित महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना तय गर्नुपर्दछ । नेपाली कांग्रेसमा इमानदारिता, योगदान र सच्चरित्रताको कदर हुने विश्वास दिलाउन सक्नुपर्दछ । हुक्के, ढोके र बैठकेहरूलाई त्यसैमा सीमित राखेको आभाष दिलाउन सक्नुपर्दछ । नेपाली कांग्रेसको राजनीति मुलुक र मुलुकवासीप्रति समर्पित छ भन्ने अनुभूति दिलाउन सक्नु र नसक्नुमा नै नेतृत्वको क्षमता अन्तर्निहित हुन्छ ।
पार्टीको यस्तो अवस्था हुनुमा महामन्त्रीका हिसाबले विगतमा खेल्न नसकेको भूमिकाको जिम्मेवारी गगन र विश्वले लिनैपर्दछ । तत्कालीन सभापति र उनको कोटरीलाई मुलुक, मुलुकवासी, पार्टी र पार्टी सदस्यहरूको हितमा केन्द्रित गराउन नसकेको दोषको भाग दामासाहीले उनीहरूका नाममा पनि पर्दछ तर माटोमुनि नै पुग्ने अवस्थामा रहेको नेपाली कांग्रेसलाई यत्तिको बनाउने श्रेय पनि यिनीहरूकै नाममा जान्छ । गगन–विश्व भनेको यस अभियानमा जो-जो संलग्न थिए ती सबै नै हुन् । सबै कुराहरूलाई हेर्दा र आमसर्वसाधारणले गरेका चर्चाका आधारमा गगनको सार्वजनिक रूपमै राजीनामा अस्वीकृत भएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर