काठमाडौं । कलाकार गीता नेपालको निर्देशनमा बन्न लागेको नयाँ टेलिचलचित्र 'काव्या'को छायांकन शुरु भएको छ । जया एण्ड नेवी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भैरहेको टेलिचलचित्रको काभ्रे जिल्लाको रमणीयस्थल बल्थलीबाट छायांकन शुरु भएको हो ।

निर्देशक नेपालकाअनुसार टेलिचलचित्रले अन्तरजातीय विवाहपछि समाजबाट भोग्नुपरेको अपहेलना र त्यसबाट बाहिर निस्कन गर्नुपर्ने संघर्षलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गर्नेछ । साथै पछिल्लो समय मिटरब्याजका कारण समाजमा उत्पन्न हुने समस्यालाई पनि कथामा समेटिएको नेपालको भनाइ छ । अहिलेसम्म प्रस्तुत भएका कथाभन्दा फरक र सशक्त विषयमा टेलिचलचित्र निर्माण गर्न लागेको निर्देशकको नेपालको दाबी छ ।

लामो समयदेखि चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्दै आउनुभएकी गीता पछिल्लो समय निर्माण तथा निर्देशनमा सक्रिय हुनुहुन्छ । चक्रध्वज भण्डारी निर्माता रहेको टेलीचलचित्रमा लेखन सुशील देवकोटा, छायांकन राहुल राई र श्रृंगार गीताञ्जली योगीको रहेको छ ।

सामाजिक कथाबस्तुमा प्रस्तुत गर्न लागिएको टेलिचलचित्रमा मोहन निरौला, आरपि पन्त, विद्या कार्की, गोपाल ढकाल ‘छन्दे’, गीता नेपाल, जेवी डि.सी., किसन अर्याल, सुपा खनाल, सुरेन्द्र दाहाल, चक्रध्वज भण्डारी, चिराग पनेरु, रोहित कार्की, आर्जु खड्का, लक्ष्मण चौलागाईं, बिन्दा दुलाल र सुश्मा केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विगत लामो समयदेखि चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्दै आइरहनु भएकी गीता पछिल्लो समय टेलिचलचित्र निर्माण र निर्देशनमा व्यस्त हुनुहुन्छ । यसअघिका आफ्ना प्रस्तुति जस्तै ‘काव्या’ले पनि अझै धेरै दर्शकको मन जित्नेमा आफूहरु विश्वस्त रहेको गीता बताउनुहुन्छ ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि