भोजपुर । भोजपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीलाई बिदाई गरिएको छ । नेपाल प्रहरी तर्फ एक हजार एक र सशस्त्र प्रहरी वल तर्फ भोजपुरमा ९६ जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
भोजपुर नगरपालिकाको सभाहलमा एक कार्यक्रमबीच बिहीवार बिदाइ गरिएको हो । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्नु हुदै जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले निर्वाचनमा खटिने प्रहरीले लाठीका भरका पनि अनुशासन र मर्यादा कायम राख्दै शान्तिपूर्ण निर्वाचन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो । निर्वाचनमा सहभागि सम्पूर्ण निर्वाचन प्रहरीलाई धन्यवाद दिनु हुदै प्रजिअ पौडेलले राष्ट्र निर्माण र राष्ट्रका लागि आगामी दिनमा पनि सहयोग गर्दे श्रममा जुटन आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ५ गुल्म हेड क्वाटर टक्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिब्यराज कोइराला, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले निर्वाचन सफल बनाउन निर्वाचन प्रहरीले खेलेको भुमिका प्रशंसायोग्य रहेको बताउँदै आगामी दिनमा पनि मुलुकको शान्ति सुरक्षा मजबुत बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
सोक्रममा निर्वाचनमा खटिने निर्वाचन प्रहरीहरु एकराज बजगाई, नुमा राई र सुरेन्द्र कार्कीले निर्वाचन सफल बनाउदै आफुहरुले बिभिन्न ज्ञानहरु समेत प्राप्त गरेको बताउनु भएको थियो । निर्वाचनमा खटिने निर्वाचन प्रहरीहरुलाई अविर सहित प्रमाणपत्र समेत बितरण गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि