काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले राजनीति अत्यन्तै सस्तो र विकृत बन्दै गएको बताउनुभएको छ ।
मोतीदेवी स्मृति केन्द्रको कार्यक्रममा बोल्दै नेतृ भुसालले यस्तो बताउनुभएको हो । उहाँले विगतका राजनीतिक आन्दोलनहरूमा नेता तथा कार्यकर्ताले गरेको कठोर त्याग, तपस्या र जेलनेलको स्मरण गर्दै अहिले बिना कुनै संघर्ष ‘खादा र टिका’ को भरमा पद र अवसर प्राप्त गर्ने होडबाजी चलेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
उहाँले त्यागको ठाउँमा सस्तो लोकप्रियता र अवसरवाद हाबी हुनु नेपाली राजनीतिको ठूलो विडम्बना भएको बताउनु भयो । आन्दोलनमा रगत पसिना बगाएका, कितावमा नाम नलेखिएका र मञ्चमा उपस्थित गराउन नसकिएका हजारौँ योद्धाहरू ओझेलमा परेको तर संघर्ष नै नगरेकाहरूले राजनीति गरिरहेको बताउनु भयो । न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र राजनीतिमा महिलाहरूको बढ्दो उपस्थितिले केही आशा जगाए पनि राजनीतिमा भित्रिएको ‘सस्तो अवसरवाद’ ले समग्र आन्दोलनको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले राजनीति पनि सस्तो भएको छ । एकातिर यो त्यागको कुरा छ । हामीले यहाँ उपस्थित नगराएका, हामीले किताव नलेखेका पंक्तिको अर्को छ तर एउटा खादा लाएर, टिका लाएर पनि राजनीतिक दलको नेता हुने, पार्टी प्रवेश हुने, नेतृत्वमा पुग्ने राजनीतिक अवसर प्राप्त गर्ने एउटा फेरि एउटा के भन्ने त्यसलाई रु यो त्यागको ठाउँमा त्यो भन्यो भने त त्यो त विकृति जस्तो लाग्छ । त्यो परम्परा हामीकहाँ खडा भएको छ । तर अहिले नेपालमा राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक क्षेत्रमा, सुरक्षा क्षेत्रमा सबैतिर जुन ढंगको एउटा सहभागिता छ र हामीले पहिलो महिला राष्ट्रपति पनि बनाउन सक्यौँ गणतन्त्र नेपाल निर्माण गरेका कारणले र संघीयता र समावेशिताका कारणले। अब सबैभन्दा उत्पीडित सबैभन्दा पिँधमा परेको तप्का पनि नीति निर्माण गर्ने तह र कार्यान्वयनको तहमा पुग्ने हाम्रो जो एउटा स्थिति बनेको छ र फेरि चुनौती पनि सँगसँगै खडा भएको छ ।’
उहाँले ‘सस्तो अवसरवाद’ लाई सच्याएर अगाडि बढ्नुपर्ने चुनौती रहेको बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि