भक्तपुर । भक्तपुरमा चैत ६ र ७ मा भक्तपुर फिल्म फेष्टिभल हुनेभएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेष्टिभल आयोजना गर्न लागेको हो ।
किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ चलचित्रकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बुले जानकारी दिनुभयो ।
दुई दिने यो महोत्सवमा २४ वटा चलचित्र देखाइने छन् । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुनेछ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायत चलचित्र देखाइने जनाइएको छ । सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ समापन चलचित्र हुने बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि