काठमाडौं । चलचित्र ‘राम नाम सत्य : पर्दाभित्रको पर्दा’ को टिजर सार्वजनिक गरिएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको टीजरमा अभिनेता विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्र चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायत कलाकारको अभिनय छ । टिजरमा यी सबै कलाकारलाई देख्न सकिन्छ । माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।
किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको यस चलचित्रका क्रियटिभ निर्माता मोती कार्की हुनुहुन्छ । राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको यो चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ ।
अभिमन्यु निरवी र समय थपलिया चलचित्रका स्क्रिप्ट सल्लाहाकार हुनुहुन्छ । माइकल चन्दकै कथा र पटकथा रहेको यस चलचित्रमा मानकृष्ण महर्जनको डिओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउण्ड म्युजिक छ । साहिल खानले टिजर र ट्रेलर तयार पार्नुभएको हो । यो चलचित्रमा समावेश विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको शब्द रचना रहेको गीत ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि