काठमाडौं । चलचित्र ‘लालिमा’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र देशभरका सिनेमाघरमा आएको हो । प्रतिनिधिसभा चुनावपछि रिलिज हुनलागेको यो पहिलो चलचित्र हो ।
वास्तविक यौनकर्मीको समस्या, पीडा र मानसिकताको घटनामा बनेको बताइएको यस चलचित्रमा रोश्नी कार्कीले शीर्ष भूमिका लालिमाको पात्र निर्वाह गर्नुभएको छ । मिराज रोशनको निर्देशन रहेको चलचित्रमा जीवन भट्टराई, उषा रजक, शिशिर वाङ्देल, सुष्मा निरौला, घनश्याम जोशी र सविन कट्टेलको पनि अभिनय छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि