काठमाडाैं । सुडान र चाडबीचको अद्रे सीमा नाकामा भएको ड्रोन आक्रमणमा १३ सर्वसाधारणको मृत्यु भएको छ । अल जुनैना आपतकालीन कक्षको समन्वय परिषद्, एक स्वैच्छिक नागरिक समूहले एक विज्ञप्ति जारी गर्दै ड्रोनले नाकामा चारवटा मिसाइल प्रहार गरेको बताएको छ ।
यस आक्रमणमा इन्धन व्यापारमा संलग्न ५ महिलासहित १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आक्रमणले नाकामा रहेको इन्धन बजार ध्वस्त पारेको छ, धेरै नागरिक सवारी साधनहरूमा क्षति पु¥याएको छ र ठूलो परिमाणमा खाद्यान्न आपूर्ति जलाएको परिषद्ले जनाएको छ ।
परिषद्काअनुसार सबै पीडितहरू साना व्यापारीहरू थिए जसले चाडको अद्रे शहरबाट नाकासम्म परम्परागत जनावरले तान्ने गाडा प्रयोग गरेर इन्धन र सामानहरू ओसारपसार गर्ने गर्दथे । यो उनीहरूको दैनिक जीविकोपार्जनको माध्यम थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि