भक्तपुर । दोलखाका शिक्षासेवी, समाजसेवी देवीप्रसाद दाहालको निधन भएको छ । कालिका माध्यमिक विद्यालय डुमकोट, दोलखाका पूर्व प्रधानाध्यापक दाहालको ७५ वर्षको उमेरमा गत मंगलबार भक्तपुरस्थित निजि निवासमा निधन भएको हो ।
४० बर्षभन्दा बढि समय शिक्षा क्षेत्रमा सक्रिय जीवन विताउनुभएका दाहाल ब्रेन ट्युमरको समस्याले सताएपछि विगत चार वर्षदेखि नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा उपचार गराउँदै आउनभुएको थियो ।
तीन छोरा दुई छोरीका पिता दाहालको सिंगो परिवार पनि शिक्षा क्षेत्रमा नै आबद्द छ । उहाँका जेठा छोरा गोविन्द दाहाल नेपाल संस्कृत विश्व विद्यालयमा उप-प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ भने जेठी बुहारी शान्ता कुमारी ओझा शिक्षा क्षेत्रमा नै सक्रिय रहँदै आउनुभएको छ ।
माइला छोरा बलराम दाहाल तथा माईली बुहारी भैरबी भूगोल शिक्षा र साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ । दाहालका कान्छा छोरा रामशरण दाहाल शिक्षा क्षेत्रमा र कान्छी बुहारी कविता खतिवडा व्यवसायमा सक्रिय हुनुहुन्छ । जेठी छोरी राधिका नेपाल शिक्षा क्षेत्रमा र कान्छी छोरी शान्ति मञ्जरी बैंकिङ तथा साहित्य क्षेत्रमा सक्रिय रहनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि