काठमाडौं । नइ एकेडेमीले नेपाली भाषासाहित्यको अनुसन्धानमा समर्पित युवा प्राज्ञद्वय डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने भएको छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
नइ एकेडेमीका अनुसार पुरस्कारको राशि जनही २५-२५ हजार रुपैयाँ रहेको छ । सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सम्मानमा उक्त पुरस्कारको स्थापना गरिएको हो ।
आगामी चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा पुरस्कार समर्पण गरिने नइ एकेडेमीका सदस्य-सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि