काठमाडौं । भोजपुरी गीत ‘हमर वाला सब से झक्कास बा’मा पवित्रा आचार्यले ठुम्का लगाउनुभएको छ । उपेन्द्र पण्डित र शिल्पी राजको स्वर, केपी संगमको शब्द रचना र विक्की गुलदस्ताको संगीत रहेको गीतको भिडियोमा नायिका पवित्राको अभिनय छ । उहाँलाई अभिनयमा सदाम हुसेनले साथ दिनुभएको छ । नवीन नेपालीको निर्देशन रहेको गीतको भिडियोको निर्माता उपेन्द्र पण्डित हुनुहुन्छ ।
नेपाली रजतपटमा चलचित्र ‘विजय पथ’मार्फत् पाइला चाल्नुभएकी अभिनेत्री पवित्रा आचार्य पछिल्लो समय सानो पर्दा र म्युजिक भिडियो क्षेत्रमा व्यस्त हुनुहुन्छ । चलचित्र अभिनयमा देखिनुभएकी उहाँ यसबीचमा कोरियोग्राफी/निर्देशनमा आफूलाई सक्रिय राख्दै आउनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि