काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ११ वटा शाखा कार्यालय गाभ्ने भएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै आगामी चैत १३ गतेदेखि नजिकका शाखा कार्यालयबाट सेवा सञ्चालन गर्ने गरी ११ शाखा कार्यालयहरू गाभिन लागेको जनाएको हो ।
हाल सञ्चालनमा रहेका केही शाखा कार्यालय एकआपसमा गाभिएपछि सम्बन्धित कारोबार नजिकको शाखा कार्यालयबाट नियमित रूपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकका अनुसार, ताल्चोक शाखा, पोखरा शाखासँग गाभिई पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ भने तिलोत्तमा र बुटवल शाखा गाभिई सेवा बुटवल शाखाबाट तथा पुतलीबजार र वालिङ शाखा गाभिई सेवा वालिङ शाखाबाट सञ्चालन हुनेछ ।
त्यसैगरी पुतलीसडक र न्युरोड शाखा गाभिई सेवा न्युरोड शाखाबाट, मुख्य शाखा (कुपण्डोल), इमाडोल शाखा र लगनखेल शाखा गाभिई सेवा लगनखेल शाखाबाट सञ्चालन हुनेछ । कालीमाटी र कलंकी शाखा गाभिई सेवा कलंकी शाखाबाट, कोटेश्वर र ठिमी शाखा गाभिई सेवा ठिमी शाखाबाट, नयाँबजार, नारायणगोपाल चोक र गोंगबु शाखा गाभिएपछि सेवा गोंगबु शाखाबाट सञ्चालन हुने बताइएको छ ।
त्यस्तै फिदिम र इलाम शाखा गाभिई सेवा इलाम शाखाबाट सञ्चालन हुनेछ । शाखा मर्जका लागि बैंकलाई नेपाल राष्ट्र बैंकले गत माघ २० गते स्वीकृति प्रदान गरेको थियो । हाल बैंकका ६८ शाखा कार्यालयमार्फत् १६ हजारभन्दा बढी सहकारी संघ संस्थाले कारोबार गर्दै आएका शाखा गाभिएपछि घटेर ५७ शाखा कायम हुनेछन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि