काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्युटिओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ संगठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार, फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ संगठनका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नुहुनेछ ।
समिति डब्ल्युटिओ सदस्य राष्ट्रबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो । अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त उक्त भूमिका डब्ल्युटिओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकृत गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि