काठमाडौं । ज्योति विकास बैंकको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणभसाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत गरेको छ । साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
साधारणसभामा अध्यक्ष हरिचन्द्र खड्काले वार्षिक प्रतिवेदनको संक्षेप प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकले समीक्षा अवधिमा हासिल गरेका मुख्य उपलब्धिबारेमा जानकारी गराउनुभएको थियो ।
बैंक आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बताइएको छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहँदै बैंकले ७० वटा न्यानो नानी मेसिनमार्फत् हरेक वर्ष दुई हजार पाँच सय ९० भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको जनाएको छ । राष्ट्रप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले गत आर्थिक वर्ष राज्यलाई ४१ करोड रुपैयाँ कर योगदान गरेको थियो ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई