युवती साथीहरूसँग हात मिलाएको बाहेक मसँग कुनै अनुभव छैन । वास्तवमा भन्ने हो भने आजसम्म ब्रह्मकुमार बस्न सकेकोमा म अत्यन्तै गर्व गर्दछु र जीवनभर ब्रह्मकुमार रहने प्रण गर्दछु । यो मेरो जीवनको एक प्रमुख लक्ष्य हो ।-शिशिर श्रेष्ठ
मानव जीवनमा प्रेम र विवाहको ठूलो महत्व छ । ‘प्रेम र विवाह’ नारी र पुरुषको अटुट बन्धन हो । भनिन्छ प्रेम र विवाहमा विचरण गरेका युगल जोडीप्रति भगवान पनि हर्षित हुने गर्दछन् । दुईजना (प्रायः केटा–केटी ) बीच प्रेमसम्बन्ध हुन्छ र पछि ती दुबैले आपसमा बिहे गर्छन् त त्यो प्रेमविवाह कहलिन्छ । यसमा अभिभावकभन्दा पनि प्रेम जोडीको सहमति हुन्छ । वर्तमान युवाहरूले रोजेको र धेरै चल्तीमा रहेको बिहे प्रणाली हो यो । युवाहरूको विश्वास हुन्छ कि प्रेमविवाह उत्तम विवाह हो किनकि आफ्नो जीवन साथीलाई राम्ररी बुझ्न सकिएको हुन्छ । हुनत प्रेमविवाह नै वर्तमान विश्वको सबैभन्दा उत्तम प्रक्रिया हो तर पनि प्रेमि र प्रेमिकाको विवाहमा बुबा-आमालगायत परिवारका अन्य सदस्यको पनि चित्त बुझाउनसके सुनमा सुगन्ध हुने कुरामा कुनै दुई मत छैन ।
प्रेमसम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी र प्रेमिकालाई जीवनसाथीको रूपमा स्वीकार्न वा अँगाल्न सकिन्छ कि सकिँदैन भनेर निर्क्यौल गर्न सकिन्छ । यति बेला के छुट हुन्छ भने आफ्नो जीवनमा प्रेमी र प्रेमिका मन नपरेको अवस्थामा त्याग्नको लागि कुनै कानुनी प्रावधान पूरा गरिरहनु पर्दैन । त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमिकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रेकअप गर्न सकिन्छ ।
प्रेम गरेपछि विवाह गर्नै पर्छ ? यस प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्, प्रेमको अन्तिम बिन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रूपान्तरण हुन्छ तबमात्र प्रेम सम्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोगमात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ, उसलाई भावी जीवन साथीको रूपमा हेर्ने गरिन्छ । विवाह जीवनमा अपरिहार्य कुरा भएकोले हामी यति भन्न सक्दछौं । जोसँग प्रेम सम्बन्ध छ, उसैसँग विवाह गर्दा उपयुक्त हुन्छ ।
त्यसैले प्रेमसम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी प्रेमिकाको आनिबानी, व्यवहार, सोच, चिन्तन, उद्देश्य, अपेक्षा सबै कुरा मूल्याङ्कन गर्न सकिन्छ । आफ्ना प्रेमी-प्रेमिकाले आफूसँग कस्तो व्यवहार गरिरहेका छन् ? आफूलाई कुन रूपमा हेरेका छन् ? त्यसबारे बुझ्नुपर्छ । आजकल युवायुवतीले प्रेममा रूपलाई बढी महत्व दिएको देखिएको छ तर प्रेम, विवाहमा प्रमुख पक्ष बानी, व्यवहार र उसको विचार हो । रूप त गौण पक्ष हो । जीवनलाई खुशी र सुखी बनाउनुछ भने युवायुवतीले आफ्नो पार्टनरको समुच्च व्यक्तित्वको मूल्याङ्कन गर्नुपर्दछ ।
प्रेम र जीवन एकअर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन्, त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई शाश्वन सत्य भनिएको हो तर पनि कतिपय मानिस कृतिम सत्य (जो हामी आँखाले देखिरहेका छौं)को आडमा शाश्वत सत्यलाई ढाक्न खोज्छन् । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक धरातलमा मात्र छ । मनोवैज्ञानिक धरातलप्रति मानिसहरू उदासीन छ ।
जबकि प्रेम सामाजिक विषय होइन यो त विशुद्ध मनोवैज्ञानिक विषय हो । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेमबिनाको जीवन अपूर्णमात्र हुँदैन, प्रेमविनाको जीवनको कल्पना नै गर्न सकिँदैन । प्रेम सम्बन्धमा सही पार्टनर चुन्न नसकेमा जीवनभर असर गर्ने हुनाले यस सम्बन्धमा हामी सचेत हुनुपर्दछ । सफल प्रेमले दुई पल हेर्दैन यो त जीवनभर प्रेमलाई अटुट सम्धुर बन्धनलगायत बनाउन सक्दछन् । हाम्रो जीवननै प्रेममा अडेको छभन्दा अत्युक्ति नहोला ।
प्रेम र विवाह बिल्कुलै भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलनभन्दा पनि सम्झौता भन्छन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्ध विवाहमा परिणत भइरहेका छन् । जुन उचित पनि हो । विवाहमा परिणत भएका यी प्रेम कहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । यद्यपि प्रेम जस्तो स्वतःस्फुर्त विषयलाई विवाह जस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाहिँ कसैले विचार गरेको पाइँदैन । नारी र पुरुष एक अर्काबिना बँच्न सक्दैनन्, त्यसैले विवाहको व्यवस्था गरिएको हो । जसरी माछा पानीबिना बाँच्न सक्दैन, त्यसरी नै मानिस प्रेमबिना बाँच्न सक्दैन ।
तसर्थ उमेर पुगेका युवायुवतीबीच प्रेमसम्बन्ध स्थापित हुनु स्वभाविक प्रक्रिया हो । युवायुवतीले प्रेम भावना एक अर्कामा आदानप्रदान गर्नाले मन हलुङ्गो हुन्छ भने यी दुईबीच समधुर सम्बन्ध स्थापना हुन पुग्दछ तसर्थ प्रेमलाई भगवानको उपहार भनिएको हो । हाम्रो समाजले विवाहपछि भने नारीलाई पुरुषको नियन्त्रणमा राख्न खोजेको पाइन्छ तर युवा चिन्तक शिशिर श्रेष्ठ विवाहमा नारीको दर्जा पुरुषको बराबर हुनुपर्नेमा जोड दिनुहुन्छ ।
अब कस्ता प्रेमी, प्रेमीकासँग जीवन बिताउन सकिन्छ ? वा कस्तो प्रेमी, प्रेमिकाबीच विवाह गर्दा उपयुक्त हुन्छ ? यस बारेमा छलफल गरौँ । यदि प्रेमी, प्रेमिकाले आफ्नो हरेक कुरामा चासो राख्छ, स्वास्थ्य स्थितिमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरूलाई भावी जीवनसाथीको रूपमा स्वीकार्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रूपमा सहयोग एवं सहकार्य गर्ने, दुःख सुख साझेदार गर्ने प्रेमी र प्रेमिकासँग विवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध समधुर हुन्छ । आफ्नो ससाना कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछ र कस्तो सुहाउँदैन, के खायो के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने जीवनसाथीको रूपमा उपयुक्त हुन्छन् ।
प्रेमसम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी र प्रेमिकालाई जीवनसाथीको रूपमा स्वीकार्न वा अँगाल्न सकिन्छ कि सकिँदैन भनेर निर्क्यौल गर्न सकिन्छ । यति बेला के छुट हुन्छ भने आफ्नो जीवनमा प्रेमी र प्रेमिका मन नपरेको अवस्थामा त्याग्नका लागि कुनै कानुनी प्रावधान पूरा गरिरहनु पर्दैन । त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमिकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रेकअप गर्न सकिन्छ । आफ्नो जीवनसाथी रोज्ने अवसर स्वयं युवायुवतीलाई दिनुपर्दछ । यसमा अभिभावकहरूले अनावश्यक दबाब दिनुहुँदैन । आफूलाई मनपरेको व्यक्ति आफ्नो भावना मिल्ने व्यक्तिसँग विवाह गरेर सुन्दर र स्वर्णिम संसारमा रमाउने अवसरको सदुपयोग गर्न सम्पूर्ण प्रेमी, प्रेमिकामा हार्दिक अनुरोध गर्दछौँ । तसर्थ अन्तमा प्रेम र विवाह नारी र पुरुषको अटुट बन्धन हो भन्दा अत्युक्ति नहोला ।
प्रेम र विवाह : मानवजीवनको हर्षको अनुभूति
मानिस समाजिक प्राणी हो । सबैभन्दा चेतनशील भएकाले जीवनशैलीलाई सहजता दिन सकेसम्मको चेष्टा मानव जातिले गर्दै आइरहेको छ । तपाईं आफ्ना सन्तुष्टिहरू पूरा गर्न, अनि हरेक किसिमले आउनसक्ने समस्या एवं अप्ठ्यारो परिस्थितिको समाना गर्दै जीवनशैली हरतबरले सहज बनाउन वैज्ञानिक समानता भएको विश्वसनीय कुनै पनि व्यक्तिसँग सम्बन्ध गाँस्न चाहनु हुन्छ भने त्यो प्रेम हो ।
‘विवाह भनेको स्त्री र पुरुषबीचमा सम्बन्ध स्थापना गराउने एउटा धार्मिक, समाजिक एवं परम्परागत कृत्य हो ।’ अनि त्यसलाई प्रेमको रूप दिनु एक समाजिक अनि चेतनशील प्राणीको दायित्व । वास्तवमा विवाह भनेको पुरुष र महिलाको बीचमा हुने एउटा सम्झौता हो जसमा उनीहरूले आफूलाई श्रीमान्-श्रीमती भएर एकअर्काको इच्छा चाहना, भावना, आवश्यकता बुझ्ने दैनिकीलाई सहजता दिने, आफ्नो चलिआएको संस्कृति अनि परम्परालाई सकारात्मक सुधारको साथ वैज्ञानिक तबरले निरन्तरता दिने, एक-अर्कालाई निःस्वार्थ सहयोग गर्ने, हरेक दुःख सुखमा, सफलता असफलतामा साथ दिने, एकअर्कालाई सबैभन्दा बढी विश्वास गर्ने जस्ता यावत् कुरा समावेश हुन्छन् ।
तसर्थ विवाहित जोडीको बीचमा प्रेम अपरिहार्य छ तर प्रेम जोडीको विवाह त्यस अवस्थामा मात्र हुनसक्छ जब तिनीहरू प्रेमको साथ सम्झौता गर्न पुग्दछन् । मानव सभ्यताको विकास क्रममा परापूर्वकालदेखि नै मानिस सामूहिक रूपमा बस्दै आएको र सँगै मिलेर बस्ने खाने तथा सिकार गर्ने जस्ता कार्य गर्नुका अतिरिक्त सँगसँगै जीविकोपार्जन गर्दै आएका छन् । यसै कारण पनि मानव समाजको विकास क्रममा विवाहले पनि आफ्नै महत्व बोकेको छ । समाजका विभिन्न संस्थामध्ये विवाहलाई महत्वपूर्ण सामाजिक संस्थाको रूपमा लिइन्छ ।
बिचारक हर्टन तथा हन्ट (सन् १९७६) ले विवाहलाई एउटा समाजिक मान्यता प्राप्त संस्थाका रूपमा परिभाषित गर्दै विवाहबाटै परिवारको सिर्जना हुने कुरा व्यक्त गरेका छन् । विवाहले नयाँ नाता सम्बन्ध स्थापित गर्ने बंशवृद्धि गर्ने, अन्तर सम्बन्ध र अतर्क्रियाको काम गर्ने, परिवारमा भूमिका र उत्तरदायित्व निर्वाह गर्नेजस्ता कार्य गरेको पाइन्छ ।
प्रेम र विवाहले मानव जीवनमा ठूलो महत्व राख्दछ । हामी विवाहित जोडीलाई देख्दा पाउँदछौँ कि विवाहपछि प्रेम अलि कम हुँदै जान्छ तर परिवारिक जीवन सफल बनाउन मानिसमा प्रेमको आवश्यकता पर्दछ । प्रेमलाई अत्यधिक प्रभावकारी रूपले अभिव्यक्त गर्ने तपाईंको प्रयास, जीवन साथीको व्यवहारमा भरपर्दछ ।
प्रेम र विवाह समस्तमा नवजीवनका लागि अपरिहार्य विषय हो । जुन मानिसले जीवनमा एकपटक प्रेम गर्दैन र वैवाहिक जीवनमा बाँधिँदैन त्यो मानिसको जीवन अपूर्ण मानिन्छ । दुईआत्माको मिलन प्रेम हो भने सँगसँगै जीवन बिताएर घरजम गर्नुलाई विवाह भन्ने बुझिन्छ । वर्तमान संसारमा प्रेम र विवाहमा एथेष्ट सकारात्मक र केही नकारात्मक उदाहरणहरू नभएको होइन तथापि जीवनमा एक पटक प्रेम र विवाह गर्नु सम्पूर्ण मानव जीवनको कर्तव्य हो । वर्तमान विश्वमा आजका युवायुवतीहरू प्रेम गर्नुको उदेश्य रमाइलो, मानोरञ्जन र अन्ततः विवाह रहेको सगर्व बताउँदछन् । प्रेम त रोमाञ्चक हुन्छ नै, प्रेम विवाह पनि धेरै हदसम्म सुखी र आनन्ददायक वैवाहिक जीवनका लागि उत्तम मानिएको छ ।
के तपाईंले कहिल्यै अनुभव गर्नु भएको छ ? प्रेमी र प्रेमिकाहरूका जोडी आफ्नो प्रेमलाई निरन्तरता दिन के–के गर्छन् ? उनीहरू एक आपसमा भेट गर्नका निम्ति चौबाटोमा समेत प्रतीक्षा गरिरहेका हुन्छन् । तोकेको ठाउँमा समयमै पुग्छन्, भौतिक सिँगारपटार गरेर सकेसम्म आफूलाई राम्रो देखाउन लालयित हुन्छन्, मनोरञ्जनमा विशेष ध्यान दिन्छन् र प्रेमलाई अगाडि बढाउँछन् । हिजो आज त प्रेममा समाजिक सञ्जालको उपयोग र मोबाइलको प्रयोगले सहज बनाएको छ । अलिकति गम्भीर भएर सोचौँ, यति माया गर्ने जोडी छुट्टिनुपर्यो भने कस्तो होला ? तसर्थ माया गर्ने जोडीलाई जीवनभर प्रेम कायम राख्न विवाह गर्ने वातावरण मिलाउन परिवारले पनि सकारात्मक भूमिका खेल्नुपर्दछ ।
प्रेम र विवाहले मानव जीवनमा ठूलो महत्व राख्दछ । हामी विवाहित जोडीलाई देख्दा पाउँदछौँ कि विवाहपछि प्रेम अलि कम हुँदै जान्छ तर परिवारिक जीवन सफल बनाउन मानिसमा प्रेमको आवश्यकता पर्दछ । प्रेमलाई अत्यधिक प्रभावकारी रूपले अभिव्यक्त गर्ने तपाईंको प्रयास, जीवन साथीको व्यवहारमा भरपर्दछ । आफ्नो जीवन साथीको प्रेम सूत्र जान्न र त्यसलाई स्वीकार गर्न उच्चतम प्रयासको आवश्यकता पर्दछ ।
प्रेम विभिन्न प्रकारका हुन्छन् तर विशेष रूपमा प्रेम शब्दले प्रेमी–प्रेमिका वा पति-पत्नीबीचमा अन्तरआत्मादेखि नै द्रवित भएर बाहिर देखिन आउने भावनात्मक स्वरूप र क्रियाकलाप पर्दछन् । वास्तवमा युवायुवतीको मिलन नै रोमाञ्चक क्षण हो । त्यसमा पनि प्रेममा परेका दुई आत्मा जीवनभर विवाह गरेर सँगै बस्न पाउनु जीवनको सुखमय पल हो । तसर्थ प्रेम र विवाहलाई मानव जीवनको हर्षित अनुभूतिभन्दा दुई मत नहोला । (गुगलको सहयोगमा तयार पारिएको )







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि