यो पुस्तक प्राडा.कुलप्रसाद कोइरालाद्वारा लेखिएको हो । यसमा साहित्य साधक हरि मञ्जुश्रीलाई नायक बनाइएको छ र उहाँले गाएका गीतहरूको चर्चा यस पुस्तकमा भएको छ । यस पुस्तकको प्रकाशक शब्दयात्रा प्रकाशन अक्षरधाम शब्द साधक तीर्थ बनेपा छ काभ्रेपलाञ्चोक रहेको छ । यो प्रकाशक संस्था हरि मञ्जुश्रीद्वारा सञ्चालित संस्था हो । यस संस्थाले हालसम्म प्रकाशन गरेका पुस्तकहरूमा यो २५१ पुस्तक हो अथवा यस संस्थाको प्रकाशन पुष्प २५१ ऋौं पुसतक हो यो । २०८२ जेठ २० गते प्रकाशित भएको यो पुस्तक ५०० सङ्ख्यामा छापिएको उल्लेख छ । सर्वाधिकार लेखकमा छ भने यो पहिलो संस्करण हो ।
यसमा अक्षराङ्कन गीता अधिकारीको छ भने आवरण सज्जा रोशन मञ्जुश्री अधिकारीको छ । पुस्तकको मुद्रण सर्वश्री क्वालिटी प्रिन्टर्सबाट भएको छ । आवरणमा साहित्य साधक हरि मञ्जुश्रीको फोटो राखिएको छ । पृष्ठभूमिमा हलुका पहेँलो रङ छ भने ठूला अक्षरमा ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ भनिएको छ । यससँगै तल पुस्तकको लेखकको नाम आवरणमा दिएको छ । भूमिकाखण्डमा १४ र पाठ्यखण्डमा ९० गरी पुस्तकमा जम्मा १०४ पृष्ठ छन् । यो पुस्तक डिएमआई साइजमा प्रकाशित छ र सेतो तौलयुक्त कागज यसमा प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धि कमै भेटिन्छन् । पुस्तकको मूल्य रु.२०० रहेको पाइन्छ ।
एकातिर साहित्यकार हरि मञ्जुश्रीको यो प्रयास तुत्य छँदैछ । साथै उहाँका ती प्रयासलाई समेटेर विवेचना विश्लेषणसहितको यो पुस्तक लेख्ने प्राडा.कोइराला पनि प्रशंसाका पात्र हुनुहुन्छ । सबै पाठकका लागि त्यति बोधगम्य नहोला तर बौद्धिक र शास्त्रीय ज्ञान भएका पाठकका लागि कृति अत्यन्त उपयोगी छ ।
पृष्ठावरणमा पुस्तकका लेखक प्राडा.कुलप्रसाद कोइरालाको फोटोसहितको चिनारी दिइएको छ । उहाँ आफैँमा चिनाइरहनुपर्ने नाम होइन । उहाँको व्यक्तिगत तथा पारिवारिक विवरण, शिक्षा, उहाँद्वारा रचित भएका पुस्तकहरूको सूची र उहाँले सम्पादन गर्नुभएका पुस्तकहरूको सूची दिइएको छ । जसअनुसार प्राडा.कोइराला २०१२ साल जेष्ठ २० गते ओखलढुङ्गा रातमाटेमा जन्मिनुभएको उल्लेख छ । उहाँका पिताको नाम फणिन्द्रनाथ कोइराला र माताको नन्दमाया कोइराला उल्लेख भएको छ ।
उहाँको शिक्षा नेपालीमा स्नातकोत्तर र विद्यावारिधिसम्मको रही उहाँ नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति भइसक्नुभएका प्राज्ञिक व्यक्ति हुनुहुन्छ । उहाँको झण्डै चार दशकको समय प्राध्यापन पेशामा बितेको छ भने डेढ दर्जन जति मौलिक कृतिहरू सिर्जना र प्रकाशन भइसकेका छन् । उहाँका पाँचवटा सम्पादित कृतिहरू रहेको पाइन्छ । यो पुस्तक यस्तै बौद्धिक व्यक्तिबाट सिर्जना भएको हुँदा यसको उच्च महत्व रहेको कुरामा दुई मत छैन ।
भूमिकाखण्डमा मच्छेश्वर सापकोटाको ‘गानबाट वेदको सन्देश’ र गायक वा साहित्यकार हरि मञ्जुश्रीको ‘आत्मा निवेदन’ तथा शब्दयात्रा प्रकाशकका तर्फबाट प्रकाशकीय छ । त्यसपछि विषयसूची उल्लेख भएको पाइन्छ । यो फरक खालको पुस्तक हो । वेदका ऋचामन्त्रहरूलाई नेपालीमा अनुवाद गरी तिनलाई गीतिशैलीमा गाइएको छ र तिनै गाइएका गीतहरूलाई यहाँ लिपिबद्ध गरी तिनको विवेचना र ती गीतहरूसमेत उल्लेख भएका छन् । एकातिर साहित्यकार हरि मञ्जुश्रीको यो प्रयास तुत्य छँदैछ । साथै उहाँका ती प्रयासलाई समेटेर विवेचना विश्लेषणसहितको यो पुस्तक लेख्ने प्राडा.कोइराला प्रशंसाका पात्र हुनुहुन्छ । सबै पाठकका लागि त्यति बोधगम्य नहोला तर बौद्धिक र शास्त्रीय ज्ञान भएका पाठकहरूका लागि कृति अत्यन्त उपयोगी छ ।
पुस्तकमा दुई खण्ड देखिन्छ । पहिलो खण्डमा हरि मञ्जुश्रीद्वारा गाइएका दशवटा गीतहरूको विवेचना छ भने दोस्रो खण्डमा परिशिष्टअन्तर्गत यी गीतहरूलाई जस्ताको तस्तै उद्धृत गरिएको पाइन्छ । यहाँ प्रज्ञानम ब्रह्म, खम् ब्रह्म, अयमात्मा ब्रह्म, अहम् ब्रह्मास्मि, तत्वमसि, वयं राष्ट्रे जागृयाम पुरोहिताः, माता मे भूमिः पुत्रोहं पृथिव्या, जननी जन्मभूमिश्च, कृण्वन्तो विश्वमार्यम् र गौरीशङ्कर आरति रहेका छन् । परिशिष्टमा यिनै विवेच्य गीतहरूको मूल रूपलाई जस्ताको तस्तै दिइएको पाइन्छ । दुवैजना संस्कृतका विज्ञ र उहाँहरूबाट भएका प्रयास प्रसंशनीय छन् । विज्ञ वर्गबाट यस्ता प्रयास बेलाबेलामा भइरहने हो भने पाठकहरू लाभान्वित हुने कुरामा दुई मत हुन सक्दैन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि