आलोकाँचोपन र सत्ताउन्मादको मनमा अलिकति पनि भिन्नता देखिँदैन । आलोकाँचो मनले सधैँ आफैँ भोकाएको देख्छ । आफैँ नङ्गिएको पाउँछ शरीरभरि वस्त्र भए पनि । आफैँ चिसो सिरेटो र तातो घाममा हिँडिरहेको भेट्टाउँछ सिसमहलको अट्टालिकामा उभिएर पनि । यसभन्दा अझ चर्का उन्मादमा सत्तामोहीहरू देखिन्छन् । पाँच वर्षे कार्यकालका लागि विश्वासले मेयरको पगरी भिराइदिएकाहरू कार्यकाल नै पूरा नगरी माथिल्लो पदको लिप्सामा फुत्त पगरी झिकेर माथि उफ्रने बन्दकी कागज बनाउँदै अर्काकै पुच्छरमा आफ्नो हाँस्यकलाको शिर टाँस्नु र चुनावमा होमिनु यसकै उदाहरण हो ।
जरा गाडेका तानाशाहका जञ्जीर तोड्न आफूले पनि खिड्कीको सहारा लिनु उही सत्ताउन्माद र सम्भावित तानाशाहकै स्वरूप हो । यी र यस्तैलाई विश्वासको शिरमा सजाएर आस्थाको होली खेल्ने जनतात यसै पनि चेतनाको तल्लो तहमा छँदैछन् । चेतनशील भएर पनि सत्ताका साँढेहरू आफ्ना अनुकूलमा जेसुकै बोल्न र जेसुकै गर्न पनि उद्दत रहेको अवस्था हो अहिलेको । धेरै कालखण्ड अगाडि नगई चुनिएर आएका ब्यालेड तानाशाह गिरिजाप्रसाद कोइरालाले लगाएको यो क्यान्सरको सुइको असर मत्थर गराउने प्रयास गगन, विश्वप्रकाशले गरे तर समय निकैपछि परेकाले सफल सम्भव नभए पनि असल सम्भावनाको सङ्केत चाहिँ अवश्य हो ।
सात सालको परिवर्तनविरुद्ध उभिएका केआई सिंह ज्यान बचाएर चीनतिर लागेपछि पटक-पटक राजा त्रिभुवनले संविधानसभाको चुनाव जुन सात सालको दिल्ली सम्झौताको प्रतिज्ञा थियो गराउने प्रयास गरे । यसलाई तुहाउन वा हुन नदिन त्यति नै पटक महेन्द्रले बाबुका मुखमा पेस्तोल ताकेर त्यसलाई निस्तेज गराए । त्रिभुवनको यो बाध्यता राम्ररी बुझेका विश्वेश्वरप्रसाद कोइराला विस्मित थिए ।
म फेरि यस सन्दर्भलाई सान्दर्भिक बनाएर देवकोटाको असल अनुहार, परिपक्क विचार, सत्तामोह इतरको स्वभाव, देश भन्नेका लागि कञ्चन देशभक्तको सच्चा स्वरूप सामु उभ्याउँछु । सात सालको परिवर्तनविरुद्ध उभिएका केआई सिंह ज्यान बचाएर चीनतिर लागेपछि पटकपटक राजा त्रिभुवनले चुनाव त्यो पनि संविधानसभाको चुनाव जुन सात सालको दिल्ली सम्झौताको प्रतिज्ञा थियो गराउने प्रयास गरे । यसलाई तुहाउन वा हुन नदिन त्यति नै पटक महेन्द्रले बाबुका मुखमा पेस्तोल ताकेर त्यसलाई निस्तेज गराए । यो त्रिभुवनको बाध्यता राम्ररी बुझेका विश्वेश्वरप्रसाद कोइराला विस्मित थिए, चकित थिए । अचानक त्रिभुवनको मृत्यु ११ सालमा भएपछि त बीपी अझ निरास भए ।
यस परिवर्तनको प्रयास खेर जान नदिनाका लागि बीपीले संविधानसभा चुनावको माग गर्दै मुद्दा हालेपछि महेन्द्रको मुटुमा ढ्याङ्ग्रो बज्यो । अदालतलाई मुद्दा फैसला नगर्न गोप्य आदेश दिँदै जघन्य अपराधको खेल खेले । मन्त्रिमण्डल एकपछि अर्को परिवर्तनको रोग त अस्थिर राजनीतिको विश्व मुटु नै हो । महेन्द्रले २०१३ सालमा अनौठो गोटी चाले । काङ्ग्रेस विरुद्ध विद्रोह गरेका काङ्ग्रेसकै निर्वासित नेता केआई सिंहलाई आममाफी दिनु र स्वदेशागमनको मार्ग प्रशस्त गर्नु महेन्द्रको चलाखी थियो । कालो कुटिल खेलको करतुत थियो अर्को अर्थमा कण्टकेनेव कण्टकम् । बिझेको काँडोलाई निकाल्न काँडाकै प्रयोग आवश्यक हुन्छ । शत्रुको बल दुर्बल बनाउन शत्रुकै प्रयोगका रूपमा केआई सिंह उभिएका थिए महेन्द्रका सामु ।
केआई सिंह चीनबाट आउँदा देवकोटामार्फत भएको स्वागत मन्तव्यले उनी भिजेका थिए । उनको प्रधानमन्त्रित्वमा शिक्षामन्त्रीको प्रस्ताव गरे उनले । सोझै इन्कार भयो देवकोटाको । राजा महेन्द्रमार्फत आदेश गराइयो अझ कडा इन्कार भयो देवकोटाको । केही दाल कसैको नगलेपछि पत्नी मनदेवी देवकोटालाई सामु पारेर केआई सिंह र महेन्द्रले आग्रह गरेपछि चाहिँ देवकोटा एक सय दश दिने शिक्षामन्त्री भए पदका लागि नभई कार्य अठोटको अमूक प्रतिज्ञामा कुर्ता र धोतीमा मन्त्री भए देवकोटा । त्यो साक्षरताशून्य जङ्गली नेपाली अवस्थामा ११० दिनको छोटो अवधिभित्रै देवकोटाले देशभरि सात सय विद्यालयहरू खोले । नेपाली भाषालाई देशभर अनिवार्य गराए ।
विद्यालय खोल्नका लागि रकम दिँदा मन्त्रालय टाट पल्टियो तैपनि विद्यालय खोल्ने सङ्कल्प बोकेर शिक्षामन्त्री सामु पुगेका व्यक्तिलाई विमुख नगराउने काममा आफैँले व्यक्तिगत ऋण लिएर उनीहरूलाई विद्यालय खोल्न दिँदा मन्त्रीबाट निस्केको दिन देवकोटाको शिरमा २५ हजारको ऋणको भारी थुप्रिएको थियो । अन्तरिम अवस्थामा अहिले शिक्षामन्त्री भएका पुन, सञ्चारमन्त्री भएका खरेलले के गरे यो अवधिमा ? गरे नगर्नु गरे, कसैले नगरेको गरे । जुन म्यान्डेड लिएर गएका थिए त्यो कार्यकाल पूरा नहुँदै आ-आफ्ना चुनावी विजयका महोत्सव निश्चित गरेर अस्थायी साना आसनबाट निकै लामा स्थायी निश्चित आसन तयार गर्न सफल भए ।
यी र यस्तालाई विश्वास गरेर मत खन्याउनु के यिनका सकारात्मक कार्यको प्रतिफल हो र ? एउटा कुरा चाहिँ ठोकुवाका साथ भन्न सकिन्छ यो जनमत कसैका पनि कामको परिणाम नभएर ओली, देउवा र प्रचण्डको निकम्मा भ्रष्ट जुहारी खेलविरुद्धको असह्य आक्रोशको परिणाम हो । यसबाट आशा गर्ने ठाउँ भोलि बनाएछन् भने ठिकै छ तर सम्भावना छ र ? रातारात रोजगारीको कुम्लो बेरोजगारलाई यिनीहरूले कहाँबाट ल्याएर टक्र्याउँछन् । यिनीहरूले नै फोस्रा नारा ओकलेर उचालेको जनचाहनाको उच्च महत्वाकाङ्क्षा शमन गर्ने उदारता हल्लामा भएका प्रधानमन्त्रीसँग छ ? विदेश पलायन युवा जमातको उर्लिँदो उक्साइमा निर्मित जनमतको लहर र इच्छा पूरा गराउनु पर्दैन, गराउनसक्ने सामान्य सङ्केतको वातावरण अबको पाँच वर्षभित्र यो सरकारले दिनसक्छ ?
अहिलेसम्म भएका नेपाली राजनीतिक परिवर्तनहरू असम्भव महत्वाकाङ्क्षालाई सडकमा उफारेर भएकै कारणले गर्दा स्थायी व्यवस्थापन हुनसकेका छैनन् । गिरिजाप्रसाद कोइरालाका आफ्नै पार्टीविरुद्ध आपराधिक क्रियाकलापको चङ्गुलभित्र देशको सम्पूर्ण वातावरण अहिलेसम्म भुमरिएको छ । अहिलेसम्म पनि गिरिजाप्रसाद कोइराला र उत्तरार्द्धका शेरबहादुर देउवालाई पूजा गर्ने जमात अनि शेखर कोइराला जस्ता भूराजनीतिक अभ्यास विनाका व्यक्तिलाई अन्धाधुन्ध मत खन्याउने काङ्ग्रेसभित्रकै महाधिवेशन प्रतिनिधिका भाट जमातको अवशेष रहुन्जेल कहिले मुखले, कहिले शिविर नै स्थापना गरेर रूखविरुद्ध भर्याङ खडा गर्ने, जुन थालमा रसवरी, लालमोन खायो त्यसमै ट्वाइलेट गर्ने नेता कार्यकर्ता, बुद्धिजीवी, पत्रकार, प्राध्यापकहरूको निर्मूल नभएसम्म काङ्ग्रेसको गति निखार असम्भव छ ।
सङ्गठित संस्थाको हालत त यस्तो छ भने अहिलेको लहर त कसैको आक्रोश शमनार्थ, कसैप्रतिको कुण्ठामुक्तिका लागि एक डाँडाबाट ठूला स्यालले कराएको स्वरमा स्वर मिलाएर सारा अनुभवका असल जरासमेत उखेलेर फाल्दै जम्मा भएको जमात हो । यसबाट धेरै आशा राख्नु आफैँ आत्महत्यामा पुग्नुभन्दा पर केही हुन्छ ? ठान्दिन म । यिनीहरू सत्ताबाट निस्किँदा देवककोटाझैँ शिरमा ऋणको भार बोक्ने उदारतामा उठ्लान् ? सत्तासीन हुँदा सुराही, छाता र टिनको बाकस बोकेर जाने र फकिँदा तिनलाई नै अझ मैलाएर फर्केका मानवतावादी कृष्णप्रसाद भट्टराईको झुप्रोसमेत जलाउने यस जमातसँग कुनै विवेकको धार रहला ?
तीस वर्षे आततायी निर्विकल्पवादी तानाशाही पञ्चायतलाई फालेर एक वर्षकै अवधि अर्थात् तोकिएकै समयमा प्रजातान्त्रिक उच्च कोटिको संविधान नेपाली समाजलाई दिने नेता कृष्णप्रसाद भट्टराई जस्तालाई शान्तिको नोबेल पुरस्कार प्रस्तावन गर्ने विद्वान् बुद्धिजीवीहरू चारतिरका टेकोबाट उभिएकी, आफैँले बनाएको सर्वोच्चको नियमविरुद्ध स्वार्थको आसनमा आगमन भएकी सुशीलालाई विश्वसाम्राज्ञी भन्दै कुन दिलको विवेकले नोबेल पुरस्कारको अनौठो स्वाँङ तेर्स्याउँछन् ?
त्यस्ता व्यक्तित्व जसले तीस वर्षे आततायी निर्विकल्पवादी तानाशाही पञ्चायतलाई फालेर एक वर्षकै अवधि अर्थात् तोकिएकै समयमा प्रजातान्त्रिक उच्च कोटिको संविधान नेपाली समाजलाई दिने नेता कृष्णप्रसाद भट्टराई जस्तालाई शान्तिको नोबेल पुरस्कार प्रस्तावन गर्ने विद्वान् बुद्धिजीवीहरू चारतिरका टेकोबाट उभिएकी, आफैँले बनाएको सर्वोच्चको नियमविरुद्ध स्वार्थको आसनमा आगमन भएकी सुशीलालाई विश्वसाम्राज्ञी भन्दै कुन दिलको विवेकले नोबेल पुरस्कारको अनौठो स्वाँङ तेर्स्याउँछन् ? बोल्छन्, बोल्लान् मेरो मनले अचम्म मान्छ ।
बीपी जस्ता विश्वमानवतावादका धरोहरमध्ये एकलाई, भट्टराई जस्ता सन्त नेतालाई, देवकाटा जस्ता नेपाल र नेपालीको अस्तित्व पहिलो पटक विश्वसामु प्रस्तुत गर्ने, विश्वले नै मनका कुनामा सजाएका व्यक्तिमध्ये एक महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यस पुरस्कारको हकदार ठान्न नसक्ने विद्वान् वुद्धिजीवीहरू सबैतिरको उभ्यौटोलाई तारिफको आसमा नमाउकासेर प्रशंसा गर्नु, नोबेल पुरस्कारको हकदार ठान्नुले के आफ्नै व्यक्तित्वप्रति गरेको उपहाँस नठहर्ला भन्न सकिन्छ र ? मृत्युको मुख आर्यघाटमा रहेका देवकोटाको बोली छैन, हल्चल छैन तैपनि संसारबाट विश्राम नलिएको देख्दा चकित भएर तत्कालीन उद्योगमन्त्री गणेशमान सिंहले कस्तो छ ? को प्रश्नमा आफू व्यक्तिलाई लागेको क्यान्सर सामान्य भएको तर देशलाई लागेको क्यान्सर तपार्ईंहरू निको पार्नोस् भन्दै जवाफ दिने हिम्मत यी पाउदुरेहरू कुनैमा छ ?
तत्कालीन प्रधाममन्त्री बीपी गएर सोधे उत्तर उही । राजनीतिका निरङ्कुश धूर्त खेलाडी, प्रजातन्त्र हत्याका नायक राजा महेन्द्र साहित्यकारप्रति चाहिँ निकै कोमल थिए । अन्त्यमा उनी गएर देवकोटालाई यिनै प्रश्न गर्दा तीनवटा समस्या उनले अगाडि सारे-घरमा अहिले मेरी बजैसँग-उनी पत्नीलाई बजै शब्दले सम्बोधन गर्थे) दुई सयमात्र पैसा छ । घर कसरी चलाउने ? तपाईंहरू तीनजनाको बलजफ्तीले मन्त्री हुँदा पच्चीस हजारको ऋण लागेको छ त्यो कसरी तिर्ने ? छोराछोरीको पठनपाठन घरबाट कसरी होला ? तीनवटै प्रश्नका उत्तरमा महेन्द्रले बोले र गरे पनि ।
मन्त्री हुँदा लागेको ऋण आफ्नो पकेटको पैसाले तिरिदिने, घरपरिवार सबै सरकारले जिम्मा लिइदिने, उनीहरू योग्य भएर खुट्टामा खडा नहुन्जेल सबै राज्यले नै गरिदिन्छ, ढुक्क भए हुन्छ भन्नासाथ देवकोटा यस लोकबाट बिदा भए । अहिले मन्त्रीबाट निस्किने कुन व्यक्ति त्यस्तो छ जसले आर्थिक अभावका कारण सास रोकिएर राज्यलाई घरपरिवार जिम्मा लगाउनु परोस् । यस त्यागको हिम्मत गर्ने कुनै नेता यो खिचडी भिडबाट निस्केलाको आशा हामी गर्न सक्छौं ? असम्भव ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि