काठमाडौं । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का शीर्ष नेताहरूको बारेमा सूचना दिनेलाई १ करोड डलरसम्म इनाम दिने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनामा त्यस्ता १० जना नेताको खोजी भइरहेको उल्लेख गरिएको छ। तर हालसम्म उनीहरूमध्ये ६ जनाको नाम र तस्बिर मात्रै सार्वजनिक गरिएको जनाइएको छ।
सार्वजनिक गरिएका नामहरूमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि रहेका छन्।
अली लारिजानी यसअघि इरानमा आयोजित सरकार समर्थक र्यालीमा देखिएका थिए। अमेरिकाको दाबीअनुसार ती नेताहरूले आईआरजीसीका विभिन्न सैन्य एकाइहरूको नेतृत्व र सञ्चालन गरिरहेका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा खामेनी मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्।
त्यसयता इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व झन् चर्किएको छ र यो संघर्ष मध्यपूर्व क्षेत्रभर फैलिएको छ। इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्रमार्फत लगातार आक्रमण गरिरहेको बताइएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि