काठमाडौं । चलचित्र ‘टेम्केः द डेस्टिनेसन’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त चलचित्रको विकास बोर्डका अध्यक्ष दिनेश डिसीले शुभमुहूत गर्नुभएको हो । आरडिएस नेपालको प्रस्तुति रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमालले गर्दै हुनुहुनछ । धिमाल स्वयं निर्माता रहनुभएको छ भने पंकज सरदार सह–निर्माताका रूपमा हुनुहुन्छ । कार्यकारी निर्मातामा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन हुनुहुन्छ ।
चलचित्रको सहनिर्देशकका रूपमा विजयराज भुर्तेल हुनुहुन्छ भने द्वन्द्व निर्देशन राजु किरात रहनुभएको छ । नरेश ऐयरको छायांकन रहने यस चलचित्रमा शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सिर्जना बुढा, अभिषेक फुयाल, रविना दुलाल, विवेक खड्का लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको मुख्य भूमिकामा नायक श्रीदेव भट्टराई रहनुभउको छ । निर्माण टिमका अनुसार चलचित्रको मुख्य छायांकन काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा गरिनेछ ।
नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने लक्ष्यसहित निर्माण हुनलागेको उक्त चलचित्रको शुभमुहूर्त कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का तथा गीतकार शंकर अधिकारी ‘घायल’लगायतका चलचित्रकर्मीको उपस्थिति थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि