काठमाडौं । आगामी नयाँवर्ष २०८३ को वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ । लोकभाकाको गीतमा दीपिका बयम्बु मगर र खेम सेञ्चुरीको स्वर, खेमकै संगीत र रमेश बिजीको शब्द छ । गीतले मायालुलाई बैना दिएको प्रसंग प्रस्तुत गरेको छ ।
प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीपसहित स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको नृत्य छ । गीतमा चलचित्रका मुख्य कलाकार रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटालाई पनि देख्न सकिन्छ ।
यम थापाको कथा तथा निर्देशन रहेको चलचित्रमा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारीलगायत कलाकारको पनि अभिनय छ । यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्नुभएको छ । चलचित्रको संवाद र पटकथा यम र प्रदीप भट्टराईले लेख्नुभएको हो ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक तथा प्रकाश सपुत, खेम सेञ्चुरी र जयन जे वाइवाको संगीत छ । चलचित्रको कार्यकारी निर्माता प्रदीप भट्टराई हुनुहुन्छ भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा रहनुभएको छ ।
अडिशन दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा
अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलो पटक अडिसनमार्फत चलचित्र ‘लाली बजार’ मा अभिनेत्रीको रूपमा अनुवन्धित भएको बताउनुभएको छ । षट्कोण आर्टसले निर्माण गरेको उक्त फिल्म ‘लाली बजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने समूहप्रतिको विश्वास र उक्त फिल्ममा उठान गरिएको विषय वस्तुका कारण ‘अडिसन’ दिएको बताउनुभयो ।
‘मैले अभिनय गर्न थालेको दर्शवर्ष पार गरेपछि पहिलोपटक अडिसन दिएर भूमिका प्राप्त गरेकी हुँ । किनकि मैले जुन भूमिका निभाएकी छु, त्यो निकै गम्भीर र मेरो लागि चुनौतीपूर्ण थियो । एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाको बारेमा धेरै खुलाउन मिल्दैन तर मैले अहिलेसम्म गरेको कामभन्दा भिन्न छ’, अभिनेत्री खड्काले भन्नुभयो ।
‘मसँग भएको कथा मैले षट्कोण आर्ट्समा सुनाएपछि हाम्रो सहकार्य जुरेको हो । खासमा पहिला मैले कथा दिने सोच बनाएको थिएँ, तर मलाई नै निर्देशन गर्न प्रस्ताव गर्नुभयो । मैले यसलाई आफ्नो निर्देशकीय यात्राको निकै महŒवपूर्ण अवसर मानेको छु, मेरो आगामी यात्राले नै तय गर्नेछ’, निर्देशक थापाले भन्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि