हेटौंडा । इनिसा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही गर्न माग गर्दै हेटौंडामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आइतबार बिहान हेटौंडाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू सडकमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले “हत्यारालाई कारबाही गर”, “पीडितलाई न्याय दे”, “बलात्कारीलाई फाँसी दे” र “नारी अस्मिताको रक्षा गर” जस्ता नारा लगाएका थिए । हेटौंडा क्याम्पसको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रदर्शनको अगुवाइ गरेको क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारीले जानकारी दिनुभयो ।
प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी माध्यमिक विद्यालय तथा सिद्धार्थ क्याम्पसका करिब पाँच सय विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ ।
उता सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिसा बिक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि