बैतडी । १६ वर्षीया इनिशा विक को हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै महिला मानव अधिकार रक्षकहरूले प्रदर्शन गरेका छन्।
महिला अधिकारकर्मीहरूले आज गढी मा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत गृहमन्त्री लाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा हत्यारालाई कानुनअनुसार कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा बालिका र किशोरीहरूको सुरक्षा तथा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको दलित समाज विकास मञ्च का अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो।
महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालमा आबद्ध सदस्यहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको उहाँले जानकारी दिनुभयो।
ज्ञापनपत्रमा यौन हिंसा, हत्या जस्ता जघन्य अपराध हुन नदिन राज्यले ठोस कदम चाल्नुपर्ने उल्लेख गरिएको छ। दोषीलाई कानुनी कारबाहीको माग गर्दै देशका विभिन्न स्थानमा पनि प्रदर्शन भइरहेका छन्।
१६ वर्षीया इनिशा विकको वीरेन्द्रनगर स्थित सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि