ललितपुर । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोग नेपालमा सिफारिस गरेको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगको बन्दसूचीमा समावेश भएका नाममध्येबाट उम्मेदवार टुंग्याउने निर्णय गरेको हो। पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार आदिवासी जनजाति र खसआर्यतर्फ छ–छ, थारू, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक गरी पाँच जनाको नाम टुंग्याइएको छ। साथै अन्य तीन जनाको नाम पनि ‘क्लस्टर’का आधारमा आयोगमा पठाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।
प्रवक्ता चालिसेले पार्टीले प्राप्त गरेको २० सिटका आधारमा उम्मेदवारको नाम टुंग्याइएको बताउँदै राष्ट्रियसभा र प्रतिनिधिसभा गरी पार्टीको कुल सिट ६२ रहेको उल्लेख गर्नुभयो। सोअनुसार कम्तीमा २१ जना महिला अनिवार्य हुने भएकाले हाल १५ महिलासहित नामावली पठाइएको र क्लस्टरमा तलमाथि परेमा आयोगको निर्देशनअनुसार आवश्यक समायोजन गरिने उहाँले बताउनुभयो।
पार्टी सभापति गगनकुमार थापा को सभापतित्वमा बसेको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सहितका नेताहरूको सहभागिता रहेको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि