काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत हुनुभएकाे छ ।
प्रधानमन्त्री सुशीला कार्कीले कोषका संरक्षकको हैसियतमा श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनयन गर्नुभएको हो। उहाँ आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त हुनुभएको छ।
श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्याे ।
प्रधानमन्त्रीको सचिवालयमा पत्नी तथा नातेदारलाई नियुक्त गरिएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो।
श्रेष्ठले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिवका रूपमा नियुक्त गरेको विषय बाहिरिएपछि प्रधानमन्त्रीको सचिवालयमा भएका सबै स्वकीय नियुक्तिहरू हटाइएको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि