काठमाडौं । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गत विशेष समिति (आयोग) गठन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको विस्तृत अध्ययन, विश्लेषण तथा कार्यान्वयनका लागि आवश्यक सुझाव दिन समिति गठन गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले अनुसन्धानपछि आफ्नो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाइसकेको छ।
सरकारले उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय लिन तथा सिफारिसहरू कार्यान्वयन गर्ने विषयमा ठोस सुझाव दिन मन्त्रिपरिषद् अन्तर्गत समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारका अनुसार समितिले प्रतिवेदनमा समेटिएका सिफारिस, जिम्मेवारी निर्धारण, कानुनी कारबाही तथा नीतिगत सुधारका विषयहरू अध्ययन गरी मन्त्रिपरिषद्लाई सुझाव दिनेछ। प्रतिवेदन अध्ययनपछि त्यसका सिफारिस कार्यान्वयन गर्ने वा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने विषयमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने बताइएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि