काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोग नेपाल लाई बुझाएको छ।
निर्वाचन परिणामअनुसार नेकपाले समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ। सोही आधारमा पार्टीले पाँच पुरुष र चार महिलासहित नौ जनाको नाम आयोगमा पठाएको जनाएको छ।
समानुपातिकतर्फ सिफारिस गरिएका नामहरूमा बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन्।
उक्त नामावली आयोगले रुजु गरेर स्वीकृत गरेपछि औपचारिक रूपमा सार्वजनिक हुने जनाइएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि