ललितपुर । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई चार-एक गोलले हरायो । खेलमा काँक्रेबिहारले सुरुवाती अग्रता लिए पनि फराकिलो हार खेप्यो ।
काँक्रेबिहारका लागि दीपेन्द्र चुनाराले छैटौँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । तर, त्यसपछि जावलाखेलका बाउबाकर सिसिखोले १६औँ, निकोलस ह्यामिल्टनले ५०औँ र इन्जुरी समयमा तथा विकास दर्लामीले ६४औँ मिनेटमा गोल गर्नुभयो ।
जितसँगै जावलाखेलले १० खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट काँक्रेबिहारको एक अंक छ । १३ टोली सहभागी लिगको विजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक एन्फाले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि