काठमाडौं । एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहमा रहेका एक सय ५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
लामो समयदेखि परोपकारी संस्थाका रूपमा काम गरिरहेको उक्त संस्थाअन्तर्गतका विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरू उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।
बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा छदेखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
साथै, विगतका वर्ष पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि