काठमाडौं । दराज नेपालले ‘द रियल सेल’ अभियान घोषणा गरेको छ । सेल मार्च १५ अर्थात् चैत १ गतेदेखि मार्च २० अर्थात् चैत ६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यस अभियान अवधिभर ग्राहकले ६० प्रतिशतसम्म छुट, छनोट गरिएका सामानमा निःशुल्क डेलिभरी तथा ६३ लाख बराबरका भौचरहरूसहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
अघिल्ला सेलहरूमा झैं यसपटकको सेलमा पनि विशेष साझेदार अफर समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र र्होटोका तर्फबाट ४४ प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्राण्डहाउसतर्फबाट ६० प्रतिशतसम्मको छुट तथा सिल्वर पार्टनर नाइकतर्फबाट ५० प्रतिशतसम्म छुट हुनेछ ।
ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनमा दराजको दुई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यदि ग्राहकले नेपालभित्रको अर्को कुनै पनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारितभन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको शर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्ने जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम