काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी क्लबका प्रतिनिधि तथा समर्थकहरूले सार्वजनिक गरिएको कार्यतालिका अव्यवस्थित र क्लबहरूको तयारी तथा व्यवस्थापनलाई असर पर्ने खालको भएको आरोप लगाएका छन्। उनीहरूले कार्यतालिका पुनरावलोकन गर्न र सरोकारवाला क्लबहरूसँग समन्वय गरेर मात्र अन्तिम निर्णय गर्न एन्फासँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्लेकार्ड बोकेर एन्फाको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले फुटबलको समग्र विकासका लागि पारदर्शी र व्यवस्थित प्रतियोगिता सञ्चालन आवश्यक रहेको बताएका छन्।
यस विषयमा एन्फाका पदाधिकारीहरूले भने क्लबहरूसँग छलफल गरेर आवश्यक परे कार्यतालिकामा सुधार गर्ने संकेत दिएका छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिग नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित घरेलु प्रतियोगिता मानिन्छ।













बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि