काठमाडौं । काठमाडौं उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केही दिन अघि मात्र विश्व वायु गुणस्तर सूचांकमा पहिलो नम्बरमा रहेको काठमाडौँको वायु गुणस्तरमा सुधार भएको छ ।
लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको थियो । आइतबारको हावाहुरी र वर्षाका कारण काठमाडौँको वायु गुणस्तरमा सुधार भएको छ ।
आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौं उपत्यका ३९ औं स्थानमा रहेको छ ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ ।









बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि