काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।
सोमवार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रुपमा शुरु गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको बताउनु भयो । उहाँले परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । उहाँले सेवाग्राहीको भीडभाड हुने अन्य सरकारी कार्यालयहरुमा समेत उक्त प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले समग्र सेवा प्रवाहका लागि, सुशासनको लागि, जनमैत्री सेवा, जवाफदेहीता, पारदर्शिता लगायत जेन–जी आन्दोलनपछि सशक्त रुपले जुन खालको आवाज उठेको थियो । त्यसलाई सम्बोधन गर्नेगरी हामीले सेवा प्रवाहको एउटा नविनतम मोडेलको रुपमा पब्लिक अनाउन्समेण्ट सिस्टम ‘सार्वजनिक सम्बोधन प्रणाली’को विकास गरेका छौँ । त्यो मोडेलको जानकारी लिने, निरीक्षण गर्ने र सरकारका सबै सम्बन्धीत कार्यालयहरुमा पनि यो मोडेललाई विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ सम्मानीय प्रधानमन्त्रीज्यु, माननीय गृहमन्त्रीज्यु लगायत विशिष्ट पदाधिकारीहरुबाट यस कार्यालयको अवलोकन, निरीक्षण गरिएको छ ।’
यस प्रणालीले सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउन मद्दत विश्वास गरिएको उहाँको भनाइ छ । उक्त प्रणालीको सोमवार प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले निरीक्षण समेत गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि