काठमाडौं । भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी मागेको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य बिदुर कोइराला को इजलासले सोमबार चालिसेसँग धरौटी माग्ने फैसला गरेको हो।
चालिसेले तत्कालीन समयमा गोकर्णेश्वर नगरपालिका को मेयर हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो। अनुसन्धान क्रममा उनी अख्तियारका अधिकारी र विशेष अदालतको इजलाससमक्ष इन्कारी बयान दिएका थिए।
अख्तियारले गत मंसिर २८ गते चालिसेसँग सम्बन्धित मुद्दामा ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो। चालिसेले सार्वजनिक पदमा बहाली हुँदा कुल ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए, जसमध्ये चार करोड ८८ लाख मात्र वैध ठहरिएको अख्तियारको निचोड थियो।
अख्तियारले चालिसेसँगै उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जीव, तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ।
चालिसे २०७४ सालको निर्वाचनबाट गोकर्णेश्वर नगरपालिकाका मेयर बनेका थिए। मेयरको जिम्मेवारी पूरा गरेपछि उनी २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यका रूपमा काठमाडौं क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि