काठमाडौं । हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न दुई जनालाई १ करोड १६ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनीहरूलाई नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकामा सोहो ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्।
प्रहरीले बरामद रकम र सामग्रीसहित उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाइएको छ।
उनीहरूको साथबाट बरामद सामग्री यसप्रकार छ:
-
विभिन्न बैंकमा विभिन्न व्यक्तिको नाममा ३ थान चेकबुक
-
विभिन्न व्यक्तिको नाममा काटिएका ३ वटा चेक (रु. २७ लाख ३० हजार)
-
विभिन्न बैंकका ४ वटा एटिएम कार्ड
-
१ थान नागरिकता
-
२ चारपाङ्ग्रे सवारी साधन
-
१ दुई पाङ्ग्रे सवारी साधन
-
१ सवारी दर्ता किताब
-
विभिन्न कम्पनीका ६ वटा मोबाइल फोन
-
३१ वटा एनसेल र एनटीसी सिमकार्ड
-
१ कम्प्युटर
-
बाइनान्स खातामा रहेको ७,१७५.३४ यूएसडीटी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि