काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसूर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरिएको रिट सोमबार पनि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सोमबार सुनुवाइ पूरा हुन नसकेपछि रिट हेर्दाहेर्दैमा राखिएको हाे ।
लामिछानेमाथि बढी अभियोग लागेको भन्दै महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सहकारी ठगीको मुद्दा यथावत राख्दै बाँकी दुई अभियोग नलाग्ने गरी अभियोगपत्र संशोधन गर्नुभएकाे थियाे ।
यस संशोधनको विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र अभियन्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।
सो रिटमा आइतबार पनि सुनुवाइ भएको थियो र सोमबारको सुनुवाइ पूरा नहुँदा अबको बैठकमा यो विषय थप छलफल हुने छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि