कालीकोट । कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो ।
डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् । करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले बताउनुभयो ।
करेन्ट लागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय रास्कोटको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिनुभयो ।
रासस







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि