हेटौंडा । जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका कामहरू कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पार्नुभयो। विकास निर्माण, सेवा प्रवाह र नीतिगत कामहरू समयमै सम्पन्न गर्न सबै कर्मचारी जिम्मेवार र उत्तरदायी बन्नुपर्ने उहाँको भनाइ थियो।
मन्त्री थापाले सरकारको काम कागजमा मात्र सीमित नभई जनताले दैनिक जीवनमै परिवर्तन महसुस गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितता वा लापरबाही स्वीकार्य नहुने बताउँदै उहाँले पारदर्शिता, इमानदारी र उत्तरदायित्वका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
बैठकमा मन्त्रालयका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने, रोजगारी सिर्जना गर्ने तथा यातायात क्षेत्रको व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो।
मन्त्री थापाले जनअपेक्षा र समयको मागअनुसार मन्त्रालयका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै तहका कर्मचारीलाई सक्रिय, समन्वयात्मक र जनमुखी ढंगले काम गर्न आग्रह गर्नुभयो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि