काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा ६ हजार ३७७ वटा भरि ग्यास सिलिन्डर भेटिएको छ।
वाणिज्य विभागले सोमबार अनुगमन गर्दा श्रीराम ग्यास भण्डारणमा ६ हजार ३७७ वटा भरि ग्यास सिलिन्डर बरामद गरेको हो ।
विभागले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र अनावश्यक भण्डारण गरेको ठहर गर्दै सम्बन्धित व्यापारीलाई तीन लाख रुपैयाँ जरिवाना लगाएको छ। बरामद गरिएका सिलिन्डरहरू नेपाल आयल निगमको रोहबरमा बिक्री वितरण मिलाउन निर्देशन पनि दिइएको छ।
यता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने खाना पकाउने ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको जनाएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले अनावश्यक सञ्चय भन्दा पनि माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखिएको बताउनु भएकाे छ ।
तिवारीले राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भन्नुभयाे, “अनावश्यक सञ्चयको सट्टा माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखा परेको हो। दैनिक १३० बुलेट ग्यास पर्याप्त हुने भए पनि हाल दैनिक ९० बुलेट मात्र उपलब्ध भइरहेको विभागमा जानकारी प्राप्त भएको छ ।”
निर्देशक तिवारीले ग्यास अभावको बेला बजार अनुगमन गर्दा व्यापारीले ग्यास लुकाएको भेटिन नहुने र उपभोक्ताले मनोवैज्ञानिक त्रासका कारण केही ग्यास सञ्चय गरेको देखिएको धारणा व्यक्त गर्नुभयाे। उहाँले ग्यासका साथै इन्डक्सन चुलोको बिक्री वितरणमा पनि विभागले अनुगमन गरिरहेको जानकारी दिनुभयाे ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भन्नुभयाे, “नेपाल आयल निगमको नियमका कारण केही व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी कालोबजार गरेको कारण खाना पकाउने ग्यास अभाव देखा परेको छ।”







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि