काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले प्रवासमा रहेका नेपालीलाई संघमा आवद्ध गराउँदै संगठनलाई थप बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपाली नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले एनआरएनहरुका लागि मुलुकभित्र समेत लगानीको वातावरण निर्माण तथा संरक्षणका लागि समेत आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा र समस्या समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत सेवा प्रदान गर्ने योजना अघि बढाउने उहाँको भनाइ छ । उहाँले विदेशमा काम गरिरहेका नेपालीको दक्षताको अभिलेख तयार पारेर उनीहरू स्वदेश फर्किएपछि सम्बन्धित रोजगारी वा उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा संघलाई बलियो बनाउँदै प्रवासमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संघमा आवद्ध गर्न म नियमित प्रयत्नरत रहनेछु । गैआवासीय संघको मर्मअनुसार एनआरएनएलाई वंशजको आधारमा नागरिकता, लगानीको वातावरण निर्माण र संरक्षणका लागि अब बन्ने सरकारसँग नियमित पैरवी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । वैदेशिक रोजगारीमा रहेका नागरिकका जिज्ञासा तथा समस्या समाधान गर्न एआईमार्फत काम गरिनेछ । वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको दक्षताको अभिलेख राखि नेपाल फर्किसकेपछि सम्बन्धीत रोजगारी तथा उद्यमको लागि कार्यक्रम सञ्चालन गर्नेछु । वैदेशिक रोजगारीका क्रममा हुने महिला हिंसा, घरेलु हिंसा न्यूनिकरण गर्न आवश्यक योजनाअनुसार काम गर्नेछौँ ।’
उहाँले वैदेशिक रोजगारीका क्रममा हुने महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरणका लागि आवश्यक योजनाअनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि